काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक, राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग

1.13K
shares
khanepani bord

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान राजनीतिक सङ्कट समाधान गर्न ‘राष्ट्रिय स्वाधीन संयुक्त सरकार’ को माग गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ। आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत पार्टीले आजदेखि पुस ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो।

पार्टीका महासचिव सीपी गजुरेल ‘गौरव’ ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाहीताको कारण ‘जेन जी विद्रोह’ भएको बताएका छन्। उनले विद्रोहबाट बनेको वर्तमान सरकार पनि खासै फरक नभएको र देशले निकास नपाएको दाबी गरे।

गजुरेलले भने, ‘यत्रो ठूलो विद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अकर्मण्यताबाट मुक्त गर्नुको विकल्प छैन।’

पार्टीका स्थायी समिति सदस्य हेमनत प्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान दलाल पुँजीवादी व्यवस्था रहेसम्म राष्ट्रिय स्वाधीनता र समृद्धिको परिकल्पना सम्भव नभएको बताए। अर्का स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेन जीको बलबाट बनेको सरकारले उनीहरूलाई छानीछानी कारबाही गर्नुको सट्टा भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने नभए आफूहरूले सडकबाट कारबाही गर्ने चेतावनी दिए।

पार्टीद्वारा सार्वजनिक संघर्षका मुख्य कार्यक्रमहरू:

कार्तिक २८ गते: गाउँ तथा नगरपालिका केन्द्रित जनसभा।

मंसिर १ गते: देशव्यापी पर्चा वितरण।

मंसिर ७ गते: महेन्द्रनगर, धनगढी, काठमाडौँ लगायत १६ वटा सहरमा जनसभा।

मंसिर महिनाभरि: भ्रष्टाचारी र दलालहरूको भण्डाफोर गर्ने।

पौष ११ गते: माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने।

IME
khanepani