काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

नेपालमा बङ्गलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरु भयो : ओली

1.2K
shares
khanepani bord

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरु भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले बङ्गलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेस गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्‍याउन खोजिएको जिकिर गरे । उनले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरू लागि परेको समेत बताए ।

उनले भने-‘जहाँ अधिनायकवाद सुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौँ । म्यानमारमा हामीले देख्यौँ । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो । ६ वर्ष भयो त्यो मिति सरेको सर्यै छ । बङ्गलादेशमा ६ महिनाभित्र चुनाव गरिसक्ने भन्ने कुरा भयो । डेढ वर्ष सर्‍यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेब्रुअरीमा पनि चुनाव नहुने देखिन्छ । त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्‍याउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’

अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको समेत दोहोर्‍याए ।

IME
khanepani