काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने मागसहित कांग्रेस संस्थापनका दर्जन बढी नेताको भेला

1.46K
shares
khanepani bord

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने मागसहित कांग्रेस संस्थापन पक्षका १३ नेताले भेला गरेका छन् । सोल्टिमोडस्थित केन्द्रीय सदस्य राजेन्द्र केसीको घरमा नेताहरू भेला भएका हुन् ।

भेलामा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले त्यहाँ केसीसहित डा.डिला संग्रौला, पुष्पा भुसाल, प्रदीप सुनुवार, मदनकृष्ण श्रेष्ठ, अब्दुल सत्तार, योगेन्द्र चौधरी, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, धना खतिवडा, नानु बास्तोला सहभागी भएको जानकारी दिए ।

भेलामा दुई दर्जन बढीको समर्थन रहेको शेर्पाले बताए पनि को–को हुनुहुन्थ्यो भन्दा उनले यी केन्द्रीय सदस्यको नाम बताएका थिए । यी नेताहरू १४ औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट निर्वाचन लडेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

गत असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठकमा यी नेताहरूले प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने बताएका थिए । त्यही स्टेन्थलाई कायम राख्न आफूहरूले भेला गरेको शेर्पाले जानकारी दिए ।

कांग्रेस बैठकमा महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन हुनुपर्ने कार्यतालिका पेस गरेका छन् । उनलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन हुनुपर्ने तेस्रो तालिका पेस गरेका छन् ।

IME
khanepani