काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

त्रिविमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग

988
shares
khanepani bord

काठमाडौँ । कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ। संघले सोमवार त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल र रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरूलाई भेटी कारबाहीको माग गरेको हो।

संघले निर्माण व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थाले पनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरूले बार्गेनिङ गरेको आरोप लगाएको छ।

काठमाडौँ उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कवीन्द्र महर्जनले निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको जानकारी दिएका छन्। उनले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरामा ल्याएर निर्माण कार्य सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका छन्। उनले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासिन्दालाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराएका छन्।

त्रिविका रेक्टर खड्ग केसीले विद्यार्थीमाथि भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताएका छन्। उनले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गर्दै निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको बताएका छन्। उनले विश्वविद्यालय संस्कार निर्माण गर्ने थलो भए पनि कस्तो संस्कार निर्माण भएछ भनेर आफैलाई दुःख लागेको भन्दै यो घटनालाई समस्याको सदाको लागि समाधान र स्थानीय तथा विश्वविद्यालयबिचको सुमधुर सम्बन्धको प्रस्थानबिन्दु बनाउनुपर्नेमा जोड दिएका छन्।

त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले विद्यार्थी र निर्माण व्यवसायीसँगको छलफल र वार्ताको माध्यमबाट समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्। उनले विद्यार्थीमाथि पनि कुटपिट भएकोले दुवै घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन्।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयको बिचमा निर्माण हुन लागेको यो चमेना गृह निर्माण परियोजना विद्यार्थीहरूको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ। साउनदेखि सुरु गरिएको निर्माण प्रक्रियामा विद्यार्थीले रुख नकाट्न र सो क्षेत्रमा नबनाउन त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए। गत मङ्गलबार सोही विषयलाई लिएर विद्यार्थी र निर्माण व्यवसायीबिच झडपको स्थिति सिर्जना भएको थियो।

IME
khanepani