काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु

1.14K
shares
khanepani bord

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीको जिल्ला अदालत काठमाडौँमा बयान लिने काम सुरु भएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेलको न्यायाधीश जगतप्रसाद पौडेलको इजलासमा बयान भइरहेको छ ।

बयान सकिएपछि थुनछेक बहस हुने जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । शरणार्थी प्रकरणमा संलग्न भई फरार रहेका खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेर अदालतमा बुझाएको थियो ।

खरेल उक्त नक्कली भुटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात किर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका आरोप छ ।

खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

IME
khanepani