काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय सदस्य शेर्पा कैद बापतको रकम तिरेर कारागारबाट छुटे

1.04K
shares
khanepani bord

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कारागारबाट छुटेका छन् । कैदबापतको रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

बहुविवाह मुद्दामा उनलाई अदालतले १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । १८ कातिकमा शेर्पा धुम्बाराहीबाट पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार उनी कारागारबाट रिहा भएको डिल्लीबजार कारागारका एक जना अधिकृतले बताए । कैदबापतको रकम तिरेर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।

IME
khanepani