काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

आलोचकहरूप्रति डा. तोसिमा कार्की आक्रोश, तपाईंहरूको अश्लील गाली खान राजनीतिमा आएको होइन

1.3K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली आइरहेको भन्दै चित्त दुखाएकी छन् । देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस भन्ने आफ्नो एकमात्र ध्येय रहेको उनको भनाइ छ ।

रास्वपाभित्र ‘रिफर्मेसन’ को आवाज उठाइरहेकी कार्की पछिल्लो समय सभापति रवि लामिछानेका अनुयायीहरुको निशानामा छिन् । उनलाई सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया र गालीगलौजको वर्षा हुने गरेको छ । उनले रास्वपामा रवि लामिछानेको विकल्प खोजेको हल्लापछि यसरी गाली आउन थालेको हो । यद्यपि, कार्की आफूले सभापतिको विकल्प खोजेको नभएर सिंगो संरनात्मक हेरफेरको पक्षमा रहेको बताउँछिन् ।

उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जीवनभर दुख गरेर डाक्टर तथा सर्जन भएपछि परिवारको सपनालाई तिलाञ्जलि दिएर राजनीतिमा आएको उल्लेख गरेकी छन् ।

जीवनभर दु:ख गरेर पढेर, सपना अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म, मेरो परिवारको सपनालाई तिलाञ्जलि दिएर म तपाईँहरूको अश्लील गाली र अपशब्दको सिकार बन्नलाई राजनितिमा आएको होईन । खल्तीमा पैसो नभएकै कारण मेरो आँखा अगाडि मैले बिरामीले उपचार नपाएको, बेड नपाएको, औषधि नपाएको, आईसीयू नपाएको देखेको छु र ती दृश्यहरूले मलाई दुखेको छ । यो देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस् । गरिबभन्दा गरिब बिरामीले पनि गुणस्तरीय उपचार पाओस् भन्ने एक मात्र लक्ष्य हो मेरो । यसैको लागि राजनीतिमा आएको हुँ र अन्तिम श्वास रहेसम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारको लागि लड्नेछु । आशा छ यो लक्ष्य पूरा गर्न तपाईंहरू सबैले साथ दिनुहुनेछ ।

IME
khanepani