काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

कुलमान नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता मंगलबार, सुदनको संस्था पनि समाबेश

‘उज्यालो नेपाल पार्टी’ हुनेछ भने चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेछ । यसमा कुलमान घिसिङ, बालेन शाहको समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा हुनेछन् ।

1.24K
shares
khanepani bord

काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ ।

सोमबार दिनभरको छलफलपछि ५१ जना केन्द्रीय सदस्यको विवाद सल्टाइएको थियो । त्यसपछि मंगलबार दल दर्ताका लागि आयोग जाने तयारी गरिएको एक नेताले जानकारी दिए ।

पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ हुनेछ भने चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेछ । यसमा कुलमान घिसिङ, बालेन शाहको समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा हुनेछन् ।

यो मोर्चामा आठ घटक छन् । प्रदेश नम्बर १ बाहेक अन्य जेनजीका प्रदेश संयोजक पनि यसमा केन्द्रीय सदस्यको रुपमा रहने जनाइएको छ । स्रोतका अनुसार यसको घोषणापत्र पनि तयार भइसकेको छ । त्यसबाहेक दस्तावेज पनि लेखिएको छ ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यो पार्टी ‘सेन्टर टू लेफ्ट’ हुनेछ । त्यसबाहेक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसंस्कृतिकवाद र राष्ट्रिय एकतालाई मूल नारा बनाएर यो पार्टीको अवधारणापत्र र सिद्धान्त बन्ने स्रोतले बताएको छ ।

IME
khanepani