काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

विङ्गर पल्टिँदा चालकसहित १२ जना घाइते

1.27K
shares
khanepani bord

काठमाडौं ।  कदमाहा सडक खण्डअन्तर्गत उदयपुर त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरू घाइते भएका छन् ।

गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना।१ ज। ८३९१ नम्बरको विङ्गर अचानक अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरूको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

सामान्य घाइतेहरूलाई उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । प्रनाउ दोङका अनुसार चालक सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका–३, मोतिगडामा अस्थाई रूपमा बस्दैआएका रहेका छन ।

त्रियुगा नगरपालिका–११, सङ्गमटोल बस्ने वर्ष ६० की रामकुमारी राई, त्रियुगा नपा १२ बस्ने वर्ष ४४ को ज्ञानेन्द्र विक, वडा ७ चुहाडे बस्ने वर्ष २२ को केवल ठकुरी, वडा २ खैजनपुर बस्ने वर्ष ७७ को कमलबहादुर खड्का, वर्ष ५७ को नरबहादुर खत्रीको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

घाइतेहरू त्रियुगा नपा वडा ११ सङ्गमटोल बस्ने वर्ष ७४ को पूर्णबहादुर राई, वडा नं। १२ बस्ने वर्ष १७ का प्रजिता विक,ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा २ बस्ने वर्ष ४५ को तीर्थ घिमिरे,सप्तरी सुरुङ्गा नपा वडा–१ बस्ने वर्ष २७ कीमाया चौधरी र छोरी वर्ष ४ की एरिना चौधरी काठमाडौँ गोकर्णेश्वर नपा –२ बस्ने वर्ष ४४ को शम्भुराज पोखरेल उपचार पछि डिस्चार्ज हुनुभएका छन।

IME
khanepani