काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

इस्लामाबादमा आत्मघाती विस्फोट, १२ को मृत्यु, २७ घाइते

1.3K
shares
khanepani bord

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत परिसर बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ, भने २७ जना घाइते भएका छन्। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले मिडियालाई जानकारी दिँदै उक्त घटना न्यायिक परिसर बाहिर भएको पुष्टि गर्नुभएको छ।

गृहमन्त्री नकवीका अनुसार उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेकोले विस्फोटपछि तत्कालै प्रहरी र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पताल पुर्‍याएका छन्। घाइतेमध्ये केही इस्लामाबाद मिडिया शाखाका अधिकारीहरूको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनका अनुसार आक्रमणकारीले न्यायिक परिसरभित्र प्रवेश गर्न खोजे पनि कडा सुरक्षा व्यवस्था पार गर्न नसकेपछि बाहिरै पार्क गरिएको प्रहरीको गाडीलाई लक्ष्य बनाएको बताइएको छ। विस्फोटपछि केही गाडीमा आगलागी भएको र आसपासका सवारीसाधन क्षतिग्रस्त भएका छन्।

प्रहरीले घटनास्थलबाट आत्मघाती आक्रमणकारीका शरीरका अङ्गहरू बरामद गरेको र फरेन्सिक टोलीले उनको पहिचान प्रक्रिया सुरु गरेको जनाएको छ। सोही क्रममा जिल्ला प्रशासनले अदालत परिसर खाली गराएको छ भने सुरक्षा निकायले आसपासको क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेको छ।

घटनापछि हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। तर, सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित समूह तेहरीक–ए–तालिबान पाकिस्तान ९त्त्ए० यस आक्रमणमा संलग्न भएको आशंका गरिएको उल्लेख गरेको छ।

IME
khanepani