केयुकेएलमा सौदाबाजी समुह विभाजीत, राई सिइओ पड्काउने खेलमा
वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:२२
shares

काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष, अपराध लुकाउने प्रपञ्च वा आत्माग्लानी हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) यतिखेर आन्तरीक खिचातानी, मननपरेको र आफ्नो अपराध बाहिरीने अनुमान, भय र कुण्ठाले जकडिन पुगेको छ । अरुलाई सिध्याउन खोज्दा आफै र आफ्ना समेत सिद्घीने अवस्था आएको छ ।
केयूकेएलमा पलाएको एैजेरु यति खेर क्यान्सर भइसकेको छ । सिइओ अशोककुमार पौडेललाई जागिर जोगाउनु पर्ने बाध्यता, निर्णय क्षमताको अभाव र अख्तियारको भुतको पिरलो छ भने प्रशासन तथा अर्थ विभाग प्रमुख प्रकाशकुमार राईलाई एक पटक कामु भएपनि केयूकेएलको सिइओ भएर विगतदेखिका इगो साँध्ने मौका भड्किने त्रासले मनमा डेरा जमाएको छ ।
राई र पौडेलका आ–आफ्नै पिडा छन । यसमा केहिले को कहिले को प्रयोग र पुनः प्रयोग हुने काम हुदै आएको छ । कति अबोध कर्मचारीहरु बलिको बोका भइसके भने कति हुने क्रम जारी छ ।
राई चक्रव्यु बनाउन र प्रयोग गर्न निक्कै सिपालु छन । कर्मचारीहरुको आन्दोलनबाट सिइओ अशोककुमार पौडेललाई किनारा लगाउँदै पदबाट हटाउने अभिष्टपुरा नभएपछि राई समुह साना र निम्सरा कर्मचारीहरुलाई बुलजोडर लगाएर किनारा लगाउँदै जागिरबाटै हात धुनु पर्ने अवस्थामा पुर्याउने खेलमा लागेका छन ।
उनी यतिखेर मिटररिडर कर्मचारीहरु, मिटर रिडरका इज्चार्जहरु र लेखाका कर्मचारीहरुलाई तह लगाएर सिइओ हुन नपाएको इगो साध्ने मिसनमा रातदिन लागि रहेका छन ।
हिजो भएको सौदाबाजीको सामुहिक बैठकमा कर्मचारीहरुले केन्द्रले खरिद गरेका सामानहरुको वील खोज्ने, बजार भाउ बुझ्ने, सिइओ देखि कार्यालय प्रमुखहरुको घर र जग्गाको रेकि गर्ने र उनीहरुको सम्पत्तिको पैचान गरि कारवाहिको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्न सक्रिय हुने संकेत दिएका छन ।
नवलसिंह साउद र केशब अधिकारीलाई युनियनको जिम्मेवारीबाट हट्न हिजो नै दवाव परिसकेको छ । युनियनको जिम्मेवारीबाट नहटे बल प्रयोग गरेर भएपनि हटाउने गरि शाखा शाखामा बैठक बस्ने क्रम पनि हिजो देखि नै शुरु भएको छ ।
अर्थ प्रशासन विभाग प्रमुख प्रकाशकुमार राईको बानेश्वरको घर र अर्थ महाशाखा प्रमुख चेतबहादुर बजगाईको टिकाथलि र चाँगाथलि बीचमा रहेको घरको रेकि गरिसकेको पनि समाचार स्रोतले दावी गरेको छ । बजगाईले सवारी चालकको पारिश्रमिकमा मासिक १० हजार र सवारी साधानको इन्धन मासिक १ सय लिटर तेल लिने गरेको र गाडि दैनिक जसो ठोक्काएबापत मर्मत मासिक ४० हजार लाग्ने गरेको विषयमा पनि बैठकमा कुरा उठेको छ ।
शाखा प्रमुखहरुले जोडेका घडेरीहरुको पनि खोजी शुरु भएको छ । कतिपय शाखा प्रमुखहरुको जग्गा र घरको पैचान हुने क्रम तिब्र गतिमा अगाडि बढेको समाचार स्रोतले दावी गरेको छ । नौ तहका कर्मचारीले सरुवा र काजमा जादाँ पदिय मर्यादा कायम राख्न नसकेको विषयमा पनि बैठकमा कुरा उठेको छ । केयूकेएलको सिईओले केयूकेएलका कर्मचारीको भन्दा आयोजनाका पिडिसँग अपवित्र गठबन्धन गरि आर्थिक लाभको काम गरेको पनि कर्मचारीहरुले आरोप लगाएका छन ।
केयुकेएलबाट आयोजनामा काजमा गएका विक्रम आचार्यले पदिय मर्यादालाई ख्याल नगरेको सिइओ लगाएतका अन्य अधिकारीले पनि उनलाई असनको साँढे जसरी छोडेको भन्दै कर्मचारीहरुले सौदाबाजीका नेताहरुलाई कुट्नै झम्टेका थिए ।
केन्द्रदेखि शाखासम्मका व्यवस्थापनमा रहेका भ्रष्ट, अनादाचारी दुराचार र मतिभ्रष्ट कर्मचारीहरुलाई कारवाहिको प्रक्रिया सौदाबाजी समितिले गर्न नसके अन्य तहबाट उनीहरुलाई कारवाहि गरेर देखाउनेसम्मको चेतवानी कर्मचारीहरुले सौदाबाजीका नेताहरुलाई दिएका छन । सौदाबाजी समुहकै नेताहरुको सम्पत्ति समेत खोजविन गरि सार्वजनिक गर्ने तयारी पनि कर्मचारीहरुले गर्ने तयारी गरिरहेको बुझीएको छ । मिटररिडरको डिभाइस खरिद र मिटररिडरको कर्मचारीहरु ठेक्कामा लगाएर राई समुहले अवकाशपछि पनि आर्थिक आर्जनको बाटो बनाएको आरोप कर्मचारीहरुले लगाएका छन ।
महाँकालचौरका प्रमुख प्रकाश थापाले आफ्ना अपराध लुकाइदिन सौदाबाजी समुहका नेताहरुलाई लामा लामा म्यासेज लेखेर पठाउने गरेको समाचार स्रोतले दावी गरेको छ । उनले सिइओ र प्रकाश राईलाई व्यक्तिहरुको नाममै किटान गरेर शाखाबाट सरुवा गरिदिन अनुरोध गरेका छन ।
राई ति व्यक्तिहरुलाई सरुवा गर्ने पक्षमा देखिएका छन भने केहि सौदाबाजी समुहका नेताहरुले पनि अमुक व्यक्तिहरुको नाम लिएर सरुवा गरिदिए सिइओ विरुद्धको गतिविधि रोकिदिन्छौ भन्दै कुरा लिएर हिड्ने गरेका छन ।
विक्रम आचार्यले केयुकेएल र पिआईडिका गतिविधिहरु पेशागत कर्मचारी संगठनमार्फत एमालेका नेताहरुलाई बुझाउने गरेको समाचार स्रोतको दावी छ ।



















