काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप : ज्ञवाली

1.21K
shares
khanepani bord

दाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको ‘रोडम्याप’ भएको बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । ‘संसद् पुनर्स्थापना,संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनावको कुनै औचित्य हुँदैन ।’

नेता ज्ञवालीले यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताए ।

सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन सरकार तयार नभएको ज्ञवालीको आरोप छ । दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।

संविधान घाइते अवस्थामा भएको भन्दै ज्ञवालीले संविधानले नचिन्ने सरकारले शासन गरेको बताए ।

‘अहिले संविधान घाइते अवस्थामा छ । लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन्’, ज्ञवालीको भनाइ छ ।

IME
khanepani