काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले बुझाए ओहोदाको प्रमाणपत्र

1.13K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोह इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

सो समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने नवनियुक्त राजदूतहरूमा इजिप्टका सरिफ मोस्ताफा अलसैयद, नर्वेकी ड्याग्नी म्जोस, श्रीलंकाका रुवान्थी डेल्पिटिया र म्यानमारका यू थान्त सिन रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

IME
khanepani