काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: मुख्यमन्त्री बानियाँ

1.11K
shares
khanepani bord

दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् ।

बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए।

दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राखे ।

यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । कार्याशाला शुक्रबारसम्म चल्ने छ ।

IME
khanepani