काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

उपेन्द्र यादवको नेतृत्वमा जसपाको संघीय संसदीय बोर्ड गठन

1.26K
shares
khanepani bord

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले संघीय संसदीय बोर्ड गठन गरेको छ।

पार्टी विधानको धारा ९५ को उपधारा ९१०० अनुसार तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ बमोजिमको अधिकार र दायित्व रहने गरी बोर्ड गठन गरिएको पार्टीका प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका थिए।

बस्नेतका अनुसार, बोर्डमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सह(अध्यक्ष रकम चेम्जोङ, महासचिव लालबाबु राउत र रामकुमार शर्मा रहेका छन्। त्यस्तै, केन्द्रीय सदस्यहरू कुन्ता राई, खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरुङ र सन्तोष सिलवाल पनि बोर्डका सदस्य रहेका छन्।

पार्टीका सबै प्रदेश समितिका अध्यक्षहरू बोर्डका पदेन सदस्य हुने व्यवस्था गरिएको छ।

IME
khanepani