काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

काठमाडौँमा मङ्सिर २ देखि सुरु हुँदै अन्तर्राष्ट्रिय कर सम्मेलन

1.3K
shares
khanepani bord

काठमाडौँ । नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सले मङ्सिर २ देखि ५ गतेसम्म काठमाडौँमा अन्तरराष्ट्रिय कर सम्मेलन आयोजना गर्ने भएको छ।

संस्थाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रोशन पोखरेलले कर शिक्षा, क्षमता विकास, नीतिगत संवाद तथा अनुसन्धान र सुधारलाई केन्द्रमा राखी सम्मेलन आयोजना गर्ने बताएका हुन् ।

अध्यक्ष पोखरेलका अनुसार सम्मेलनले नेपालको कर प्रणालीको प्रगतिशील रूप अन्तरराष्ट्रिय स्तरमा प्रस्तुत गर्ने, नेपाली कर विज्ञहरूलाई विश्वस्तरीय विशेषज्ञहरूसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

उनका अनुसार यस कार्यक्रमले कर तथा वित्त क्षेत्रमा संलग्न व्यक्तिहरूको सीप र दक्षता बढाउने, अन्तरराष्ट्रिय अभ्यास र अनुपालनका अनुभव साट्ने र करसम्बन्धी नीति संवादलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्मेलनमा विकासशील राष्ट्रहरूको कर प्रणालीको ऐतिहासिक यात्रा, उदाउँदो अर्थतन्त्रमा कर नीतिको कार्यान्वयनका चुनौती, विश्वव्यापी कर अनुपालनमा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौती, र विकासशील अर्थतन्त्रमा कर व्यवसायीको आचारसंहिता तथा व्यावसायिक जिम्मेवारीजस्ता विषयमा छलफल हुने छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा मङ्सिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘ट्रान्सफर प्राइसिङका व्यावहारिक पक्षहरू’ विषयमा चार घण्टे सेमिनार आयोजना गरिनेछ।

उक्त सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसनको समन्वयमा सञ्चालन हुनेछ। सन् २०१८ मा स्थापना भएको नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सले करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको सशक्तिकरण, अन्तरराष्ट्रिय अभ्यासको विश्लेषण, संस्थागत विकास तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ।

IME
khanepani