काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

नेपालको पारवहन सहजीकरणमा नयाँ युग, भारतसँगको सन्धि संशोधित

1.74K
shares
khanepani bord

काठमाडौं ।   नेपाल र भारतबीच भएको पारवहन सन्धिको प्रोटोकलमा हालै गरिएको संशोधनसँगै सबै प्रकारका कार्गो सामग्री भारतका कोलकाता र विशाखापटनम् बन्दरगाह हुँदै भैरहवा, विराटनगर,जोगवनी र सुनौली सडकखण्ड हुदै नेपालसम्म ढुवानी गर्न सकिने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, यस संशोधनले नेपालको पारवहन लागतमा कमी ल्याउने मात्र होइन, समय बचत र व्यापार सहजीकरणमा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् भ्रमणका क्रममा बिहीबार नयाँ दिल्लीस्थित भारत सरकारको वाणिज्य भवनमा भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग भेट भएका थिए।

पहिले सीमित चार प्रकारका बल्क वस्तु मात्र रेलमार्फत नेपाल भित्र्याउन सकिने प्रावधान रहेको अब सबै प्रकारका कार्गो सामग्रीहरुरेल र सडक दुवै माध्यमबाट पठाउन सकिने व्यवस्था गरिएको प्रवक्ता बस्नेतले बताए ।

भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन प्रणाली, व्यापारिक पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले बताएको छ।

सो अवसरमा मन्त्री सिन्हाले भारतको ‘नेबरहुड फर्स्ट’ ९छिमेकी पहिला० नीतिको प्रशंसा गर्दै, उक्त नीतिअनुरूप व्यापार, पारवहन र लगानीका क्षेत्रमा अझ सहकार्य र समन्वय बढाउन आवश्यक रहेको बताउनुभयो।

भारतीय मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त मुलुक भएको उल्लेख गर्दै, छलफल भएका विषयहरूलाई शीघ्र निष्कर्षमा पुर्‍याउन अधिकारीहरूलाई निर्देशन दिएका हुन।

भेटघाटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

IME
khanepani