काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध लगातार आन्दोलन,एकसातादेखि अशान्त मधेश

1.09K
shares
khanepani bord

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधिविरुद्ध सात दलले शनिबार जनकपुरधाममा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

शुक्रबार अबेर राति बसेको सातदलको संयुक्त बैठकबाट यस्तो निर्णय गरिएको हो । बैठकमा सहभागी एकनेताका अनुसार नेकपा एमालेको गैरकानूनी, गैरसंवैधानिक, गैरनैतिक र गैरराजनीतिक हर्कतविरुद्ध सातदल एकजुट भएर जनतासमक्ष जाने निर्णय भएको हो ।

नेताका अनुसार सत्ताको लोभमा एमालेले गैरसंवैधानिक रुपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तवरले मुख्यमन्त्री नियुक्त गरेपछिको विकसित घटनाक्रममा जनप्रदर्शन हुन लागेको हो । यसपछि सभामुखले कानूनविपरीत प्रतिशोधको राजनीति शुरु गरेर पाँचजना प्रदेश सभा सदस्यलाई कारबाही गरेका छन् ।

त्यस्तै, प्रदेश सभामै प्रदेश सभा सदस्यहरुलाई बन्धक बनाएर राख्नु आफैँमा असह्य हर्कत भएको उनीहरुको तर्क छ । एमालेको गतिविधि आमजनतालाई जगजाहेर गर्न जनप्रदर्शन गर्न लागिएको सातदलको भनाइ छ । सोमबार प्रदेश प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्रीविरुद्ध उभिएका सात दल बिहीबारपछि भने समाभुमकेन्द्रित भएका छन् ।

मधेश प्रदेशमा सोमबारदेखि आन्दोलनरत दलहरुले सभामुख रामचन्द्र मण्डलका कारण प्रदेशमा थप मुठभेड निम्तिन खोजेको बताएका छन् ।

उनीहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति निकाल्दै आफैँ कारबाहीमा परेका सभामुखले प्रदेश सांसदहरुलाई पदमुक्त गरेर थप द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । सात दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफैँमाथि अभियोग लागेको सभामुखले पत्र जारी गर्दै ५ प्रदेश सभा सदस्यको पद रिक्त भएको सूचना सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण, असंवैधानिक तथा गैरराजनीतिक हरकत हो, सभामुखले प्रदेशलाई नै मुठभेडमा लैजान खोजेका छन्, यसलाई सच्याउने कार्य नगरे उत्पन्न परिस्थितिको जिम्मेवार सभामुख नै हुनेछन् ।’

IME
khanepani