काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

सुमना र सन्तोषहरु रास्वपाबाट सांसदहुने सजिलोबाटो छोडेर किन लागे अप्ठारो बाटोमा…

सुमना र सन्तोषको रास्वपा छोड्नु पर्ने बाध्यता, मालिकको आदेश नै यस्तै आयो ?

5.43K
shares
khanepani bord

बितेपछि आँखा देख्ने हाम्रो समाज रुपान्तरण महाअभियानमा होमिन सक्ने अवस्था र्सिजना हुन सकिरहेको छैन ।
जनताको जिवन स्तर उचाईमा पुर्याउने राजनितिक परिवर्तनले मात्र होइन । राजनितिज्ञहरुको मानसपटलले पनि परिवर्तनको महशुस दिलाउन सधै जनतासँगको डर र भयले राजनितिज्ञहरुलाई सताइरहनु पर्छ ।

राज्यका स्थायी सरकार मन, बचन र आर्थिकरुपमा सवल र सक्षम हुनु पर्छ । दुई चार हजारका लागि पद, पावर र राजनिति पार्टीहरुको गोटी हुन छाड्नु पर्छ र राजनितिज्ञले पनि आफ्नो पार्टी सदस्य बनाउन छोड्नु पर्छ । निजामति प्रशासन, प्रहरी प्रशासन र सैनिक सेवा सधै राज्यप्रति उत्तरदायी हुन जरुरी छ ।

सरकारले सञ्चारमाध्यम संचालन गर्ने होइन । सरकारी सञ्चारमाध्यमलाई निष्पक्ष र जनमुखि बनाउनु पर्छ । सरकारी सञ्चारमाध्यम सरकारको भर्ती केन्द्र बनाउनु हुदैन । प्रहरी र सेनाले व्यापार, निर्माण कार्य र सञ्चारमाध्यम संचालनको जिम्मेवारीबाट हात झिक्नु पर्छ ।

सञ्चारमाध्यमामा कार्यरत सञ्चारकर्मी काम कर्तव्य र जनताप्रति उत्तरदायी भएर सेवाभावमा मुखरीत हुनु पर्छ । सञ्चारमाध्यहरुले उठाएका विषयहरुलाई राज्यका निकायहरुले गम्भिरतापूर्व लिने परम्परागत बानि स्थापित गराउनु पर्छ । सञ्चारमाध्यम राज्यका अधिकारीहरुका गलत र राम्रा कामहरुको आलोचना प्रशंसा गर्ने एउटा चौतारी बन्नु पर्छ । यसलाई उत्तरदायित्व र सक्षम बनाउने तर्फ सरकारले कदम चाल्नु पर्छ । न कि सञ्चारमाध्यमहरु र कार्यरत सञ्चारकर्मीहरु आर्थिकरुपमा परजिवी भइरहने परम्परागत सोच र कानूनी छिद्राहरुको अन्त गरिनु पर्छ ।

सञ्चारमाध्यमहरुलाई साना–ठूला र तेरो–मेरो भन्ने अवस्थाको अन्त हुनु पर्छ । पत्रकार वा सम्पादकहरुलाई गर्ने व्यवहारमा राजनितिज्ञ, व्यवसायी, निजामति कर्मचारीका अधिकारी, प्रहरीका अधिकारी, सैनिक अधिकारी, कुटनितिज्ञ देखि संबैधानीक संस्थाका अधिकारीहरुले आफ्ना कोटरीका सञ्चारकर्मीहरुसँग पहिले परामर्श गर्ने अनि उनीहरुको परामर्श अनुसार सम्पर्क र सम्बन्ध गर्ने तौरतरिकाको अन्त हुनु पर्छ ।
सबै सञ्चारसंस्था ठुला लगानीका मात्र हुदैन, सबै सञ्चारकर्मी अफिस अफिस, ढोका ढोका र चोटा चोटामा पुग्दैनन । सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले विचौलियाको काम गर्नु पर्छ भन्ने पनि छैन ।
सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले विदेशी दुताबास, विदेशी एजेन्सी, अन्तर्राष्ट्रिय संघ संस्थाका एजेन्ट अर्थात सूराकी भएर काम गर्दछन भन्ने पनि होइन ।
नेपालमा विदेशि खुविया एजेन्सीको एजेन्ट र नेपालकै खुविया संघ संस्थाको जागिरे हुनै पर्छ भन्ने बाध्यता पनि छैन ।

महत्वपूर्ण सूचनाका लागि सरकारी वा विदेशि खुविया एजेन्सीको जागिरेले मात्र सूचनामा पहुँच राख्छ भन्ने कुरा गलत भइसकेको अवस्था छ ।
यस्ता संञ्चारमाध्यम र सञ्चारकर्मीले घटना र परिस्थीतिको सहि विश्लेषण गर्ने र सूचनाको पहँुचसम्म पुग्ने काम गर्नैसक्दैनन ।
हामिले बुझ्न जरुरी छ । जेन्जी आन्दोलनको घटना न कुनै विदेशी एजेन्सीले थाहा पायो न नेपाली एजेन्सीहरुले नै । तलवी एजेन्टहरु तलव पकाउने र दुई नम्बरी धन्दावालाहरुको चाकडीमै व्यस्त भएको देखिन्छ ।

ओली सरकारले दुई पटक संसद विघटन गर्दा हाम्रा दुबै छिमेकि देशका गुप्तचर एजेन्टहरु र अमेरीकन गुप्तचारहरु स्वदेशि वा विदेशी दुबै फेल भएका थिए । तर युरोपेली खुविया एजेन्टहरुचाहि पहिले देखि जानकार थिए । अदालतमै उनीहरुको लगानीको आइएनजीओले काम गरिरहेको थियो ।
नेपालमा राजनितिज्ञहरुमा सबैभन्दा बढी नेपालका कम्युनिष्टहरुले विदेशि गुप्तचरी सेवामा काम गरिरहेको देखिन्छ । अहिलेको संसद विघटन देखि यो आलेख तयारपार्दासम्मको राजनितिक घटनाहरुलाई विश्लेषण गर्दा प्रष्ट यहि देखिएको छ ।

यो समुह अहिले नेपाली कांग्रेसलाई पनि विघटन गराउने तर्फ क्रियाशिल देखिएको छ । अहिले नेपालका बुढा कम्युनिष्टहरुको क्लव बनाएर राजनितिमा सक्रिय बनाउने खेल चलिरहेको छ भने अर्को तर्फ बालेन र कुलमानहरुलाई पार्टी खोल्न अभिपे्ररित पनि यहि समुहका एजेन्टहरुले गरिरहेका छन ।

अर्को तर्फ बुढाहरुसँग मेमेल भएकाहरुलाई गोलबन्द गदै बाबुराम, जर्नादन र सन्तोषहरु अगाडि बढी रहेका छन ।
एमाले, कांग्रेस र माओवादीका असन्तुष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जानबाट रोक्ने प्रयास वीच बीचमा भइरहेको छ । यदि यसैगरि वीचमा अल्झाउन सकिएमा भोली चुनाबको नतिजा एकल बहुमतको आउने छैन । जनतामा असन्तुष्टि कायम नै रहने छ र जनता झन गरिवीको रेखा मुनी पुग्ने र देशमा अस्थीरता उत्पन्न गराउने खेल भइरहेको छ । यसलाई नजर अन्दाज गर्नु हुदैन ।

रास्वपालाई एकल बहुमतबाट रोक्न देशी र विदेशि खेल छैन भन्ने अवस्था रहेन । रवि र घण्टीप्रतिको बढ्दो क्रेजका वीचमा पनि सजिलै सांसद हुने अवसरलाई त्यागेर सुमना र सन्तोषले अप्ठारो बाटो किन रोजेका होलान सहज अनुमान लगाउन सकिन्छ । उनीहरु देशमा स्थीरता र अमनचयन चाहदैनन । अस्थीरता, द्धन्द्धमा देश र जनता गइरहेको बाताबरण बनाउनकै लागि विदेशिहरुको चहाना अनुसारकै काम उनीहरुले गरिरहेका हुन, भन्दा अर्को अर्थ लाग्ने छैन ।

अब स्वर्णिमहरुलाई लिएर गगन थापाले कांग्रेसबाट विद्रोह गरे भने पनि आश्चार्य नमान्दा हुन्छ । यसको लागि सुमनाहरुको प्रयास जारि छ । स्वर्णिमहरुले रास्वपामा खुट्टा टेक्छन कि उचाल्छन त्यो भविष्यमा देखिने नै छ ।
चुनाव भएमा सन्तोष र सुमनाहरुले सधैको लागि राजनितिक अस्तित्व गुमाने छन । उनीहरु अब कहिल्यै राजनितिको पर्दामा देखिने छैनन । यो अनुमान हैन ठोकुवा गरेर भन्न सक्छु । भविष्यमा देखिने नै छ ।

IME
khanepani