दल दर्ताको अन्तिम म्याद आज सकिँदै
वि.सं.२०८२ कात्तिक ३० आइतवार १०:४४
shares

काठमाडौँ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय सीमा आइतबार अन्त्य हुँदैछ। आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले तोकेको दर्ता अवधिको अन्तिम दिन आज साँझसम्म रहेको छ।
आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।
निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ ।
यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।




















