काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

भारतमा जारी दृष्टिविहिन महिला टि-२० क्रिकेट विश्वकपः नेपालले अमेरिकालाई ४ बलमै हरायो

988
shares
khanepani bord

काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभर खेल्दै १७ रनको दयनीय स्कोरमा समेटिएको थियो । अमेरिकाका कुनै पनि ब्याटरले २ भन्दा धेरै रन बनाउन सकेनन् । नेपालकी दिलसरा धमलाले ३ विकेट लिइन् । जवाफी ब्याटिङमा नेपालले एक ओभर पनि पूरा नखेली खेल सकायो । दिलसराले ५ बलमा एक चौकासहित १२ रन हानिन् ।

नेपालले यसअघि अष्ट्रेलियालाई ८ विकेटले र श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले हारेको थियो ।

IME
khanepani