काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नेपालले पहिलोपटक एसियन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा

2.17K
shares
khanepani bord

काठमाडौँ । नेपालले ऐतिहासिक रूपमा पहिलो पटक एसिएन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

मङ्सिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलबार मलेसिया प्रस्थान गर्दैछ ।

नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।

नेपाली खेलाडीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ । यस्तै टोलीको ट्राभल पार्टनर इम्पाएर ट्राभल्स एन्ड टुर्स रहेको छ। त्यस्तै, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेको छ।

नेपाली टोलीका खेलाडीमा विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर, कृष्णहरि बुढाथोकी, रबिन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोइराला हुनुहुन्छ ।

यस्तै टोलीको प्रशिक्षकमा अरुण तिमल्सिना, टोली प्रमुखमा राजन गौतम, ब्यवस्थापकमा कौशल ज्ञवाली, सहायक ब्यवस्थापकमा हिरामणी नेपाल, ट्रेनरमा बेनु कुमार राई र मिडिया अफिसरमा सन्दीप रिजाल हुनुहुन्छ ।

khanepani