खानेपानीको बद्मासी बन्द गर्ने प्रयासमा सहसचिव पण्डित, काजका कर्मचारीहरु धमाधम फिर्ता
वि.सं.२०८२ मंसिर २ मंगलवार १०:३७
shares

काठमाडौं । तत्काली मन्त्री प्रदिप यादवको कठपुतली भएको खानेपानी मन्त्रालय र अन्तरगतको कर्मचारी संरचनाका कर्मचारीहरु क्रमशः स्वतन्त्रताको अनुभुति गर्न थालेको खानेपानी विभागका एक अधिकारीको तर्क रहेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोेजना कार्यान्वयन निर्देशनालयमा विना दरबन्दी काज सरुवा भएका कर्मचारीहरुलाई फिर्ता गरेर दरबन्दी भएका ठाउँमा पदस्थापना गरिनुले पनि खानेपानी मन्त्रालयमा बरालिन थालेको कर्मचारी प्रशासनको संयन्त्र सुधारको बाटोमा लाने काम सहसचिव पण्डितले सुरु गर्न थालेकोमा कर्मचारीहरुको खस्केको मनोबल उच्च हुन थालेको छ ।
थिति र विधिमा रहेर काम गर्न मातहतका विभाग, अयोजना, संस्थान, लिमिटेड, बोर्ड र कार्यालयहरुमा सहसचिव पण्डितको प्रस्ट निर्देशन भएपछि केहि लोभी पापी र कर्मचारीहरुलाई घरपालुवा नोक्करको जस्तो व्यवहार गर्ने प्रमुखहरु अतालिन थालेको बुझिएको छ ।
खानेपानी मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख सहसचिव पण्डितले आयोजनामा दरवन्दी विनाका कर्मचारीहरुलाई दरवन्दीमा पठाउन निर्देशन दिएपछि आयोजनाका प्रमुख हिजो साँझ काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का सिइओ अशोककुमार पौडेलसँग हारगुहार गर्न पुगेको सिइओ निकट स्रोतले बताएको छ ।
आयोजनामा एमाले करण गर्न लागेको आयोजना प्रमुखलाई मन्त्रालयबाट विना दरवन्दी काजमा सरुवा गरिएका नायव सुब्बाको काज फिर्ता भएपछि आतंकित भएका आयोजना प्रमुख अर्का एमालेका संगठित सदस्य रहेका केयूकेएलका नौ तहका कर्मचारी विक्रम आचार्यको काज फिर्ता रोक्ने प्रयासमा लागेका छन । आचार्यको काज फिर्ता भएको २ महिनासम्म विना तलव पिआईडिमा टाँसिएर बन्नुको कारण मन्त्रालयले खोजवीन गरेपछि आयोजना प्रमुख केयुकेएलका सिइओ भेट्न केयूकेएलमै पुगेको केयुकेएल सिइओ स्रोतले बताएको हो ।
केयुकेएलबाट आयोजनामा पठाउनु पर्ने कर्मचारीहरु रोक्ने आयोजना प्रमुख र संचालन समितिका केहि बोर्ड सदस्यहरु केयुकेएलका भ्रष्ट ५ तहका कर्मचारीको चक्रव्यूमा फसेको बताउन थालेका छन ।
मन्त्रालयका सचिव र प्रशासन प्रमुखले थिति विग्रीन नदिने अडान राखेपछि उनीहरुको अडानमा बज्रपात परेको पनि समाचार स्रोतले दावी गरेको छ । केयूकेएलको दरवन्दी भएको दश तहको प्राविधिक पद करिव ९ महिना देखि खालि छ, अयोजनामा । प्रशासन शाखाको ६ तहका अधिकृतले पनि राजिनामा दिएर खालि भएको छ । लेखामा करिव ३ जना अधिकृत र सहायक स्तरमा कर्मचारी खालि हुदाँ केयुकेएलका केहि खुुरापाती कर्मचारीहरु र अयोजनाका कर्मचारीहरुको मिलेमतोमा नपठाई रोकेर राखिएको छ ।
केयुकेएलमा अधिकृत र सहायक स्तरका कर्मचारीहरु काम नपाए घामतापेर बस्न बाध्य भएका छन भने दरवन्दीमा पदस्थापन भएका नयाँ कर्मचारी विक्रम आचार्य सरुवा भएपछि पनि काज फिर्ता भएको ठाउँमा हाजिर हुन गएका छैनन ।
अनलाग्दी बन्द गर्न मन्त्रालयले मातहतका कार्यालयहरुमा कडा निर्देशन जारि हुनु पर्ने पनि कर्मचारीहरुको माग रहेको छ ।






















