केयूकेएलको तालिम धुलिखेलमा रक्सीको खोलो, दारुका तालमा सहायक कर्मचारी माथि घोडाचढ्न राईको उर्दि
राईले रक्सी खाएको झोकमा भने, “केयुकेएलमा क्रियाशिल युनियनहरु मध्ये एउटा युनियनका शाखा–शाखामा रहेका कर्मचारीहरुलाई नाममै किटेर छानिछानी पेल्न र आवश्यक परे कारवाहि गर्नु तिमिहरुलाई म सरक्षण गर्छु ।”
वि.सं.२०८२ मंसिर ४ बिहीवार ११:०८
shares

काठमाडौं । “खानेमुखलाई जुगाँले छेक्दैनन” यो उखान यतिखेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा दैनिक लागू भइरहेको छ ।
“भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न” भन्ने महामानव केयुकेएलका सिइओ अशोककुमार पौडेल यहि भ्रष्टाचार र अनियमितालाई घुमाउरो तरिकाले संस्थागत गर्न र संस्थागत गर्ने असाधारण प्रतिभा बोकेका अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राईको धुलिखेलमा भएको तालिममा बेलुका ८ बजे देखि १२ बजेसम्मको जे जे भए त्यसैले पुष्टि गरिरहेको छ ।
जापानीज संस्था जाइकाको योजना तथा कार्यक्रममा केयुकेएलको आर्थिक स्रोतमा केयुकेएलका १५ जना अधिकृतहरुले तालिम लिएका थिए । सहायक स्तरका कर्मचारीहरुका लागि विनियोजन भएको बजेटमा असम्बन्धीत व्यक्तिहरुले तालिमका नाममा रक्सीमा पैसा उठाएको भन्दै केयुकेएलका कर्मचारीहरुले आलोचना गरेका छन ।
शाखा प्रमुख, महाशाखा प्रमुख र विभागीय प्रमुखसहितको उपस्थितिमा भएको बेलुकीको कक्टेल पार्टीमा अर्थ तथा प्रशासन विभाग प्रमुख राईको रहस्यमय उपस्थिति र निर्देशन भने चाख लाग्दा रहेको सहभागीहरुले आफु निकटकाहरुसँग बताएका छन ।
राईले रक्सी खाएको झोकमा भने, “केयुकेएलमा क्रियाशिल युनियनहरु मध्ये एउटा युनियनका शाखा–शाखामा रहेका कर्मचारीहरुलाई नाममै किटेर छानिछानी पेल्न र आवश्यक परे कारवाहि गर्नु तिमिहरुलाई म सरक्षण गर्छु ।”
उनले यी शब्दहरु पटक पटक भनेको सहभागीहरुले बताउने गरेका छन । केयुकेएल संचालक समितिले एउटा शिर्षकमा विनियोजन गरेको पैसा राई र चेतबहादुर बजगाईले आफु खुशि र्शिषक बनाएर खर्च गरेको समाचार स्रोतले दावी गरेको छ ।
धुलिखेलमा भएको तालिमका नाममा रमाइलो गर्न गएको सहभागीहरुले बताएका छन । केयुकेएल संचालक समितिले यस्ता आफु खुशी गरेका तालिमहरुलाई अकुंश लगाउन नसकेको सहायक कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन ।
त्यसैगरि ल्यावका लागि चाहिने केमिकल खरिदका लागि पहिले पहिले तिन जना मात्र कम्पनी भिजिटमा जाने गरेका थिए भने यस पटक त्यो प्रक्रियामा “ब्रेक थ्रु”गरिएको छ ।
सुन्दरजल र ल्यावको लागि ओईम केमिकल टेड्सलाई ठेकका परेको बुझिएको छ । उक्त कम्पनीले भारतमा रहेको केमिकल कम्पनीको फिल भिजिटको लागि सुन्दरी जलबाट अमृत्त, केन्द्रिय कार्यालयबाट इला भट्ट, कमल बहादुर बम र चेतबहादुर बजगाई गएका छन । खरिदको तर्फबाट बम, सुन्दरीजलबाट केमिस्ट अमृता आवश्यक भएपनि भट्ट र बजगाईले कम्पनीलाई व्ययभार हुनेगरि खर्च बढाउने काम गरेका छन । उनीहरुलाई सिइओ पौडेल विदामा बसेको समयमा निमित्त सिइओका रुपमा रहेका प्रकाश राईले पठाएको समाचार स्रोतले दावी गरेको छ ।
त्यसैले सहायक कर्मचारीहरुको बृद्धि विकासका लागि विनियोजित बजेटले शाखा प्रमुख, महाशाखा प्रमुख र विभागीय प्रमुखले रक्सीमा पैसा उठाएको कारण उनीहरुबाट पैसा असुल उपर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरिने तयारी भएको समाचार स्रोतले दावी गरेको छ ।
ल्याबको सामान खरिदका लागि भारत भ्रमणमा गएका भट्ट र बजगाईसँग पनि पैसा असुलउपर गर्ने प्रक्रिया बोर्डले नथालेमा बोर्डका सदस्यहरुलाई नै भ्रष्टाचारमा सहयोग गरेको आरोपमा उजुरी दिने तयारी भइरहेको समाचार स्रोतले दावी गरेको छ ।
कतै यो समाचार पढ्न छुटाउनु त भएन ?
कमिशनको चक्करमा केयूकेएलको सिइओ, प्रधानमन्त्री शुशिलालाई खानेपानी मन्त्रालयको चुनौती
कतै यो समाचार पढ्न छुटाउनु त भएन ?
जेन्जी सरकारमा एमाले र कांग्रेसका भ्रष्टाचारीहरुको हालिमुहाली, केयुकेएलमा संचालन समिति निरीह
कतै यो समाचार पढ्न छुटाउनु त भएन ?
खानेपानीको बद्मासी बन्द गर्ने प्रयासमा सहसचिव पण्डित, काजका कर्मचारीहरु धमाधम फिर्ता
कतै यो समाचार पढ्न छुटाउनु त भएन ?
केयुकेएलमा सौदाबाजी समुह विभाजीत, राई सिइओ पड्काउने खेलमा





















