काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

लियो मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले बयान

1.27K
shares
khanepani bord

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ । आयोगका पदाधिकारीहरू बसेरै अर्यालसँग बयान लिएका हुन् ।

‘हामीले उहाँलाई २३ र २४ गतेको घटनामा केन्द्रित भएर सोध्यौं,’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘२४ गतेपछि सरकारविहीन अवस्था र रिक्ततामा कसरी काम भयो भनेर सोधपुछ केन्द्रित गरेका थियौं ।’

मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।

अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।

khanepani