प्रधानमन्त्री कार्कीको दोहोरो चरित्र, भ्रष्टलाई लुम्बिनी विकास कोष
उनी माओवादी जनयुद्धमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईका निकट सहयोगि भएर काम गरेका थिए । पछि मओवादी शान्तिपक्रियामा आएपछि नेपाल खानेपानी संस्थानमा इन्जिनियरमा स्थायी नियुक्ति लिएका हुन ।
वि.सं.२०८२ मंसिर ६ शनिवार ०८:३७
shares

काठमाडौं । लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा विवादित छविका दिपक श्रेष्ठलाई नियुक्ति गरेर भ्रष्टाचार संस्थागत गर्ने काम गरेको आरोप प्रधानमन्त्रीलाई लागेको छ ।
अन्तरीम प्रधानमन्त्री शुशिला कार्की आफैसँग राखेका मन्त्रालयका सचिवहरुलाई भेला पारेर भ्रष्टाचार निणन्त्रण गर्न निर्देशन दिएको शब्द भुईमा खस्न नपाउदै पर्यटन तथा नागरिक उद्यायन मन्त्रालय अन्तरगत रहेको लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा विवादित छविका दिपक श्रेष्ठलाई नियुक्ति गरेर भ्रष्टाचार संस्थागत गर्ने काम गरेको आरोप प्रधानमन्त्रीलाई लागेको हो ।
प्रधानमन्त्री कार्कीले पर्यटन तथा नागरिक उद्यायन मन्त्रालयबाट प्रस्ताव उठाउन लगाएर आफैले क्याविनेट बैठकमा सदस्य सचिवको प्रस्ताव पेस गरेको सहभागी एक मन्त्रीले बताएका हुन ।
भ्रष्टाचार नगर्न निर्देशन पनि दिने अनि आफैले नेतृत्व गरेको मन्त्रालयका सचिवलाई मओवादीका नेता भएर काम गरेका र नेपाल खानेपानी संस्थानमा कार्यरत इन्जिनियर दिपक श्रेष्ठलाई सदस्य सचिव नियुक्ति गरेर प्रधानमन्त्री कार्कीले दोहोरो भुमिका निभाएको आरोप पनि लागेको छ ।
श्रेष्ठको नियुक्ति गोरखा भनेर गरिएको छ । उनी नेपाल खानेपानी संस्थान पोखरा शाखाका, शाखा प्रमुख हुन ।
उनी माओवादी जनयुद्धमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईका निकट सहयोगि भएर काम गरेका थिए । पछि मओवादी शान्तिपक्रियामा आएपछि नेपाल खानेपानी संस्थानमा इन्जिनियरमा स्थायी नियुक्ति लिएका हुन । उनले संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद र शाखा प्रमुख ईश्वर प्रसादलाई कार्यकक्षमै हातपात समेत गरेका थिए ।
श्रैष्ठ लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर काम समेत गरेका थिए । उनले असल कर्मचारी भएपश्चात दुई पटक पुरस्कृत पनि भएका हुन । उनी पुरस्कृत भएपछि खानेपानी क्षेत्रका ठेक्का पट्टा र कर्मचारीहरुको सरुवाका विषयमा अख्तियारमा परेका मुद्धामा आर्थिक चलखेल गर्न थालेपछि उनका विरुद्ध अख्तियारमा मुद्धा परेको थियो । त्यसपछि श्रेष्ठलाई अख्तियारको मौखिक अनुरोधमा नेपाल खानेपानी संस्थानले फिर्ता गरिदिनु अनुरोध गरेपछि उनी अख्तियारबाट फिर्ता भएर लामो समय संस्थानमा कामकाज विहिन भएर बसेका थिए ।
यहि मंसिर १ गतेबाट संस्थानको पोखरा शाखाको प्रमुखमा सरुवा भएका श्रेष्ठ सोहि दिन पोखरामा हाजीर हुन पुगेका थिए ।
उनले खानेपानीका क्षेत्रका अनियमितता र अख्तियारको मुद्धामा व्यापक चलखेल गरेका थिए । उनले विवादस्पद व्यापारी ओमप्रकाश अग्रवालसँग आर्थिक लेनदेनमा समेत कुनैबेला मुछिएका थिए ।
उनी हाल माओवादीका तत्कालीन नेता गोरखाका डा. बाबुराम भट्टराईको सिफारीसमा कोषको सदस्यसचिवमा नियुक्ति भएका हुन । उनले मोटो रकम प्रधानमन्त्री कार्की निकटका मानिसहरुलाई बुझाएको पनि समाचार स्रोतले दावी गरेको छ । उनी आफु निकटका सहकर्मीहरुलाई पनि बाटोमा गाडिले पेल्दीन्छु भन्दै धम्की दिने इन्जिनियर हुन ।




















