काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समसामयिक परिस्थितिबारे छलफल हुने

1.13K
shares
khanepani bord

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको छ।

आजको बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुनेछ।

साथै आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने उनले जानकारी दिए।

साथै पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल हुनेछ।

राप्रपाले मंसिर मसान्तभित्र प्रदेशसम्मका अधिवेशन गरिसक्न समय दिएको थियो।

साथै एजेण्डा केन्द्रित कार्यक्रम अघि बढाउनेबारे कुराकानी हुने उनको भनाइ छ। राप्रपाले फागुन २१ को प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि दल दर्ता गरिसकेको छ। चुनावी तयारीलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ।

राप्रपामा महामन्त्री धवल शम्शेर राणालगायतले नियमित महाधिवेशन माग गरेका छन्। राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेकोले विधानअनुसार नियमित ४ वर्षे कार्यकाल यही मंसिर १८ गते सकिँदैछ।

राप्रपा संस्थापन पक्षले विधानमा भएको व्यवस्थाअनुसार विशेष कारण देखाएर कार्यकाल थप गर्न सक्ने देखिएको छ।

khanepani