काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

एक सातामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँ बढ्यो

832
shares
khanepani bord

काठमाडौँ । एक सातामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार अर्थात् मंसिर १२ गते तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि एक साताको अवधिमा २४५ रुपैयाँ बढेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य मंसिर ७ गते २ लाख ४४ हजार ६००, मंसिर ८ गते २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै मंसिर ९ गते २ लाख ४७ हजार ९०० र मंसिर १० र ११ गते २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै मंसिर ५ गते ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंसिर १२ गते ३ हजार ३४५ रुपैयाँ कायम हुँदै सातामा २४५ रुपैयाँ बढेको महासंघको भनाइ छ । जसअनुसार अनुसार मंसिर ७ गते ३ हजार १३५, मंसिर ८ गते ३ हजार ११५, मंसिर ९ गते ३ हजार २००, मंसिर १० गते ३ हजार २२० र मंसिर ११ गते ३ हजार २८० रुपैयाँ कायम भएको थियो ।

khanepani