काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

रास्वपाका नेताहरूसँग प्रधानमन्त्रीको भयो छलफल

भयरहित, निष्पक्ष निर्वाचन गराउन सरकारले सबै किसिमले तयारी गरिरहेको प्रधानमन्त्री कार्कीले बताएको छलफलमा सहभागी एक रास्वपाले बताए ।

1.69K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले रास्वपाका नेताहरूसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगको छलफलका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम शनिबार बालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्री कार्कीले सरकार चुनाव गराउन प्रतिबद्ध रहेको कुरा रास्वपा नेताहरूसँग राखेकी थिइन् ।

भयरहित, निष्पक्ष निर्वाचन गराउन सरकारले सबै किसिमले तयारी गरिरहेको प्रधानमन्त्री कार्कीले बताएको छलफलमा सहभागी एक रास्वपाले बताए ।

रास्वपा नेताहरूले पनि आफूहरू निर्वाचनमा सहभागी हुने बताउँदै सरकारलाई आवश्यक सहयोग गर्ने बताएका ती नेताले जानकारी दिए । प्रधानमन्त्री कार्कीले पछिल्लो समय सबै दलका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेकी छन् ।

शनिबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई पनि छलफलका लागि बालुवाटार बोलाएकी छन् ।

IME
khanepani