काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन: मुख्यमन्त्री यादव

806
shares
khanepani bord

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टा भित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन् ।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । यद्यपि आफूले अहिलेसम्म पत्र प्राप्त नगरेको उनले बताए ।

उनले भने ‘अब केही बेरपछि मेल खोल्छु चिठी आएको छ कि छैन भन्ने हेर्छु ।’ मुख्यमन्त्री यादवले सर्वोच्चले आफूलाई दिएको आदेशलाई शिरोधार्य गरेर अगाडि बढ्ने समेत बताए ।

उनले विश्वासको मत लिन नसके राजीनामा दिने सङ्केत दिएका छन् । विश्वासको मत प्राप्त गर्नका लागि परामर्श अगाडि बढाइसकेको उनको भनाइ छ । उनले भने ‘सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु, विश्वासको मत लिन सक्ने वा नसक्ने पहिल्यै नै थाहा भई हाल्छ । विश्वासको मत लिन नसक्ने स्थिति आए राजीनामा दिनेछु ।’

khanepani