काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको प्रश्न : माघ मसान्तसम्म कार्यकाल किन थपियो ?

676
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २६–२८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको निष्कर्ष निकालेको छ।

विशेष महाधिवेशन पक्षधरले वक्तव्य जारी गर्दै तोकिएको समयमा नियमित नभए विशेष महाधिवेशन हुने प्रस्ट अडान दोहोर्‍याएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृङ्खलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।’

पुसमा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? भन्दै प्रश्न गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यस बिच हुने आम चुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भिरतापूर्वक हेरिरहेका छौँ । लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो ।’

नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गरेर हरेक प्रतिकुलताको सामना गर्दै एकजुट भएर १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ।

‘१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम हो । यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्दछौँ । साथै, पार्टीको समग्र सुधार, रूपान्तरण र पुनर्गठनका लागि तपाईँहरूको साथ र समर्थन सधैँ रहिरहने विश्वास व्यक्त गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।

khanepani