मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्ने
वि.सं.२०८२ मंसिर १६ मंगलवार १६:२५
shares

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मुख्यमन्त्री यादवले कानुनविदहरुसँग सल्लाह गरेर आज साँझ साढे ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनी गत कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
निवर्तमान मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, उनको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मधेसको राजनीतिक समीकरण अनुसार यादवले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिँदैन ।





















