काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

ओखलढुङामा भएको महाधिवेशन प्रतिनिधि छनौट पुनः अघि बढाउन एमालेको निर्देशन

637
shares
khanepani bord

विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङामा भएको महाधिवेशन प्रतिनिधि चयन बदर गरेको छ । एकलौटी ढङगले प्रतिनिधि छनौट भएको उजुरी परेपछि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पुनः शुरु गर्न निर्देशन दिइएको हो । ओखलढुङ्गा जिल्ला कमिटीलाई निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः शुरु गर्न निर्देशन दिइएको छ।

एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानि–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीको माग, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको निर्देशन केन्द्रीय कार्यालयले दिएको छ।

यसका लागि सबै आम सदस्यलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पालिकास्तरमै मतदान केन्द्र स्थापना गरी पुनः निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। पुनः निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालयले जनाएको छ।

नेकपा एमालेको एघारौँ महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचनमा १ हजार ५ सय १८ मत खसेको थियो। ओखलढुङ्गामा अ्म्बिरबाबु गुरुङ र यज्ञ राज सुनुवार पक्षका विचमा प्रतिस्पर्धा छ । महाधिवेशन प्रतिनिधि छनौटमा गुरुङ पक्षले सदरमुकाममा मात्रै निर्वाचन गराएर प्रतिनिधि छनौट भएको दाबी गरेको थियो ।

IME
khanepani