काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

किन बनाइन दिपक श्रेष्ठको नियुक्तिलाई प्रधानमन्त्री शुशिला कार्कीले प्रतिष्ठाको विषय

3.07K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की भाद्र २३ र २४ गते राजधानी लगाएत देशका मुख्य मुख्य सहरहरुमा भएको गोली काण्डमा मारिएका अबोध नानी र बाबुहरुको रगत र सिंहदरबार लगाएत सरकारी र गैर सरकारी व्यक्तिहरुको घरहरुमा लागेका आगोको खरानीको जगमा बनेको सरकारले आर्थिक चलखेलमा लागेर त्यो रगत र खरानीको अपमान नगर्ला भनेको आखिर त्यहि भयो ।

सरकार राजनिति नियुक्ति देखि नितिगत तहको भ्रष्टाचारको खेलमा क्रमशः डुब्दै डुब्दै गइरहेको छ । कुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलन, सरकार परिवर्तनसम्म पुगेपछि त्यहिजगको ओत लागेर बनेको सरकार भदौको जनवार जस्तो सधै हरियो नै हरियो देख्न थालेको छ ।

शुशिला कार्की सरकार बनेपछि बनेका मुख्यसचिव सुमनराज अर्याल कार्की सरकारका घोषित अघोषित सल्लाहाकारको कठपुतली बन्न पुगेका छन । उनी तथ्याङ्कमा सहसचिवसम्म जागिर खाएर सचिव भएपछि तथ्याङ्क छोडेका प्रशासनीक अनुभव नभएका, कार्यसम्पादनमा कमजोर तथ्याङ्कलाई मित्थ्याङ्क बनाएर राजिरोटी चलाएका काठे अर्याल सारै कमजोर र निम्सरा देखिएका छन ।

निवर्तमान मुख्यसचिवले प्रमाणिकरण गर्न नसकेका प्रधानमन्त्रीका हुक्के चिलिमेहरुको रोटी सेक्ने निर्णयलाई सुमनराजले ल्याप्चे ठोकेका छन । मंसिर ५ गतेको शुक्रबार बसेको क्याविनेट बैठकमा प्रधानमन्त्री सहित सस्कृति, पर्यटन तथा नागरिक उद्यायन मन्त्री समेत भएकि शुशिला कार्कीले ल्याएको लुम्बीनी विकास कोषको सदस्य सचिवमा नेपाल खानेपानी संस्थानका आठ तहका विवास्पत ईन्जिनियर दिपक श्रेष्ठलाई मानोनित गर्ने प्रस्ताव पेश गरेकि थिइन ।
दिपक श्रेष्ठ नेपाल खानेपानी सस्थानका तत्कालीन महाप्रबन्धक भुपेन्द्र प्रसाद र प्रबन्धक ईश्वर प्रसादलाई कार्यकक्षमै हातपात गरेपछि बाबुराम भट्रटराई र नारायणकाजी श्रेष्ठको पावरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका थिए ।

उनले खानेपानीका क्षेत्रका कर्मचारीहरुको अख्तियारमा परेका मुद्धामा अस्वभाविक चलखेल गरेको उजुरीका आधारमा अख्तियारको अहिलेको टिमले फोर्सफुल्ली नेपाल खानेपानी संस्थानबाट फिर्ताको पत्र लेख्न लगाएर नेपाल खानेपानी संस्थानको पुल शाखामा थान्को लागेर बसेका थिए । यीनै दिपकले सप्लार्यस ओमप्रकाश अग्रवालका छोराहरुले चलाएको चक्रपथ बालालुमा रहेको अमित हार्डवयर पसलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को फिटिङको सामान खरिद विवादमा लाखौ रुपयाँ लिएको प्रमाण अहिलेपनि नेपाली जनता अनलाइन पत्रिकासँग सुरक्षित रहेको छ ।

उनले यस्ता हजारौ मुद्धा मिलाउने बहानामा पैसा उठाएर परिवारका नाममा धेरै ठाउँमा जग्गा र घर किन्न सफल भएका छन । उनी हिसिला यमि भौतिक, खानेपानी तथा सहरी विकास मन्त्री भएका समयमा नेपाल खानेपानी सस्थानमा छिरेका इन्जिनियर हुन । जनयुद्धका समयमा बाबुराम भट्टराईका अगंरक्षक भएर काम गरेका थिए ।

नेपाली जनता अनलाइन पत्रिकाले समाचार लेखेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावलले उनका बारेमा लामो समाचार फोटाहरु पठाएर नेपाली जनताले लेखेको समाचार झुट्टा हो भन्ने प्रमाणीत गरान समेत खोजेका छन ।

उनले पठाएको समाचार र फोटो यस प्रकार छ ः
यी हुन् लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ
खानेपानीको वितरण प्रणाली सुधार, सयौँ भ्रष्टाचार अभियुक्तलाई अदालतमा उभ्याए

हिन्दु र बौद्ध धर्म उत्तिकै मान्ने समुदायमा पर्छ, नेपालको नेवार समुदाय। गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ स्थित यस्तै एउटा परिवारका सदस्य हुन्, दीपक श्रेष्ठ। बौद्ध धर्मावलम्बी गुरुङहरूको आदि थलोमा जन्मे–हुर्केका उनले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन्। उनै दीपक श्रेष्ठलाई मन्त्रिपरिषद्ले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा मनोनयन गरेको छ।
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन्।
केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेका उनले २०६७ भदौ १ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरे। संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिए।
अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे। उनले अनुसन्धान गरेका भ्रष्टाचारका दर्जनौँ मुद्दाका सयौँ अभियुक्त अदालतको कठघरामा उभिएका छन्। उनीसँग कोही बेखुसी छन् भने तिनै अख्तियारमा बयान दिन पुगेकाहरू र भ्रष्टाचारका अभयिुक्तहरू छन्।
उनी जहाँजहाँ पुगे, त्यहाँ कार्यक्षमतामा अब्बल, इमानदार र पुरस्कृत भएर रहेका छन्।
खानेपानी संस्थानको बनेपा र धरान शाखा प्रमुख हुँदा सर्वोत्कृष्ट शाखा प्रमुखका रूपमा घोषित भएका थिए। उनी त्यहाँ पुगेपछि राजस्व रकम नै कयौँ गुणाले बढेको थियो। समानुपातिक पानी वितरण र सेवा प्रवाहमा उनले गरेको सुधार अहिलेसम्म पनि नमुना मानिन्छ।
धरान पुग्दा उनले पौने २ करोड रुपैयाँ मात्र उठ्ने गरेको महसुल एकै वर्षमा ९ करोडसम्म पुर्याएका थिए। काममा खट्न सक्ने र नतिजा देखाउन सक्ने उनको क्षमताकै लागि हाल धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत प्रशंसा गर्ने गरेका छन्। उनले धेरै अन्तर्वार्तामा दीपक श्रेष्ठबाट काम गर्ने शैली सिकेको भनेका छन्।
अन्यत्र पनि उनले इमानदार भएर सुशासनका लागि काम गरे। इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको थियो। उक्त पुरस्कार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच प्रदान गरिएको थियो। अख्तियारको प्रमुख आयुक्त नवीनकुमार घिमिरे थिए।
अख्तियारमा रहेकै बखत बढुवा भएपछि उनी २०७८ मा खानेपानी संस्थानमै फर्किए। पछिल्लो समय संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए। हाल उनले संस्थानको सहायक प्रबन्धक पदबाट राजीनामा दिइसकेका छन्।
स्वच्छ छवि, निष्कलंक व्यक्तित्व, भद्र एवं शिष्ट स्वभावका कारण परिचित श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनका क्षेत्रमा जहाँ पुगे पनि अब्बल प्रमाणित गरेका छन्। उनको मान्यता छ, ‘हामी जहाँ पुगे पनि केवल जागिर मात्र खाने होइन। जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ।’



प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावल

माओबादी निकटका पत्रकारहरु श्रेष्ठको नियुक्ति सरदर गराउन भएभरको बल प्रयोग गरिरहेका छन । नेपाली जनताका सम्पादकलाई समेत समाचार रोकेमा लुम्बीनी विकास कोषको डकुमेन्टी मिलाईदिने आश्वासन आएको छ । त्यो अडियो नेपाली जनतासँग सुरक्षित रहेको छ ।
प्रधानमन्त्री कार्कीका स्वकिय सचिव, प्रेस सल्लाहाकार र अभिषेक सिंह राजनितिक नियुक्ति देखि कर्मचारीहरुको सरुवामा पैसा उठाउन लागेको समाचार स्रोतले दावी गरेको छ ।

IME
khanepani