काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्छ : वामदेव गौतम

806
shares
khanepani bord

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानुनी प्रावधान जरुरी रहेको गौतमको भनाइ छ ।

नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

उनले भने, ‘हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन् । उनीहरुले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरूको श्रम शक्ति ठुलो सङ्ख्याको श्रम शक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरूलाई रोजगारी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठुलो अवसर हो । यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्न सक्ने व्यक्ति १६ वर्षदेखि काम गर्न सक्छ । र कानुन नै बनाउनुपर्छ । कानुनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानुन छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरू देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनुपर्छ ? दुई वर्ष कामविहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानुन बनाउनुपर्छ ।’

उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

IME
khanepani