काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

उज्यालो नेपाल घोषणा कार्यक्रममा पुगिन् किशोरी, पार्टी दर्ताका लागि आफैंले दिएको निवेदन अलपत्र

910
shares
khanepani bord

काठमाडौ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइते बोकेर अस्पताल पुर्‍याएकी किशोरी कार्की पनि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी छन् ।

निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन पेश गरेकी कार्की बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी हुन् ।

जेन-जी आन्दोलनमा निर्वाह गरेको भूमिकाका विषयमा अहिले उनले दलको घोषणा सभामा आफ्नो धारणा राखेकी छन् । उनले मन्तव्यका क्रममा बेपत्ता परिवारको छोरी भएको दाबी गरिन् । राजनीति उमेरले नभएर आफ्नो भोगाइ र जीवनले सिकाएको बताउँदै उनले आफू २५ वर्षको मात्रै भए पनि न्यायका लागि लड्न ढिलो भइसकेको बताइन् ।

गत कात्तिक २८ गते कार्कीले निर्वाचन आयोगमा नवनिर्माण पार्टी दल दर्ताका लागि निवेदन दिएकी थिइन् । तर, दल दर्ताका लागि पुर्‍याउनुपर्ने सबै प्रमाण तथा प्रक्रिया पुर्‍याइनसकेका कारण अहिलेसम्म उक्त दल दर्ता भएको छैन ।

अहिलेसम्म दल दर्ता हुन नसकेका कारण उनको दल आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन नपाउने भएको छ । उनको दल दर्ता नभएका कारण उनी उज्यालो नेपाल पार्टीमा आवद्ध भएर अघि बढ्ने सम्भावना देखिएको छ ।

khanepani