निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो, दलको चिह्न के ? (सूचीसहित)
वि.सं.२०८२ मंसिर १७ बुधवार १९:०१
shares

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता हुने दलको संख्या १४३ पुगेको छ ।
दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने सूचीको अन्तिम तथा दर्ता नम्बर २३० मा जनअधिकार पार्टी रहेको छ ।
नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपा २०७३ मंसिर ३० मा दर्ता भएको हो भने शरदसिंह यादव संयोजक रहेको जनअधिकार पार्टी सबैभन्दा अन्तिममा यहीँ मंसिर १४ गते दर्ता भएको हो ।
गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता कायम रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर १४३ पुगेको आयोगले जनाएको हो । जसमा २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।
एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । नेकपा बन्दा ५ दल खारेज थप एक दल बनेको छ ।
दल-दर्ता-2082-08-16



















