वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

महाधिवेशनमा प्रतिस्पर्धातिर जाँदा पार्टी विघटनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैन : बादल

‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’

2.24K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’

अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए। विधानलाई संशोधन गरेर भएपनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए।

उनले भने, ‘वरिष्ठ उपाध्यक्ष (ईश्वर पोखरेल)ले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ। पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन। त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ।’

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे। अहिलेको महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

IME
khanepani