काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

मधेशमा सरकार गठनमा समय घर्किन लाग्दा समेत सात दलीय गठबन्धनमा जुटेन सहमति

1.69K
shares
khanepani bord

जनकपुरधाम । मधेश सरकारमा दाबी पेश गर्न २ घण्टा समय मात्रै बाँकी रहँदासम्म समेत सादलीय गठबन्धनमा सहमति हुन सकेको छैन ।
सात दलीय गठबन्धनमा मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनलले दाबी गर्दै आएका छन् ।

बिहीबार मध्यान्नदेखि अबेर साँझ ८ घण्टा बैठक चलेको थियो भने आज पनि बिहानैदेखि सात दलीय गठबन्धनको बैठक जारी छ । यादव र सोनलको अडानको कारण अहिलेसम्म सहमति हुन नसकेको एक प्रदेश सांसदले बताए ।

यद्यपि अबको २ घण्टाभित्र कुनै एक नाममा सहमति गर्ने प्रयास भइरहेको र त्यसअनुसार नै दाबी प्रस्तुत गर्ने ती सांसदको भनाइ छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले गत मंसिर १७ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले आज शुक्रबार ५ बजेसम्मको लागि दाबी पेसको समय दिएको छ ।

IME
khanepani