काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

पोखरा विमानस्थल भ्रष्टाचारमा अख्तियारका दुईथरि निर्णय कोइरालाको मृत्यु भएकाले बुझ्न परेन, बोगटीका हकमा पत्नीमाथि अभियोग

यही मुद्दामा तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीलाई भने अख्तियारले प्रतिवादी बनाएको छ । उनको निधन भइसकेकाले पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा लगेको छ ।

1.46K
shares
khanepani bord

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबारे बुझ्न नपर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।

आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा तत्कालीन प्रधानमन्त्री कोइरालाबारे पनि बुझ्नुपर्ने भन्ने अख्तियारको निष्कर्ष थियो । तर, तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको भन्दै उनीबारे बुझ्न नपर्ने व्यहोरा अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

अख्तियारले तत्कालीन पाँच पूर्वमन्त्रीसहित ५६ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा लगेको छ । अहिले उक्त मुद्दा दर्ताको प्रक्रियामा छ । स्रोतका अनुसार, ८ अर्ब ३६ करोड बिगो मागदाबी गरेर अख्तियारले मुद्दा लगेको हो ।

यही मुद्दामा तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीलाई भने अख्तियारले प्रतिवादी बनाएको छ । उनको निधन भइसकेकाले पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा लगेको छ ।

IME
khanepani