काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

७ उपसचिवसहित ५६ कर्मचारीको सरुवा, १२ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी

1.99K
shares
khanepani bord

काठमाडौं । ७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो ।

७ जना उपसचिवको सरुवा गर्दा ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बाँकी १ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।

यस्तै ४९ जना शाखा अधिकृतको सरुवा गर्दा ९ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ७ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको छ ।




IME
khanepani