काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिँदै मागे माफी(भिडियो सहित)

प्रसाईँले केही दिनअघि सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री कार्कीका विषयमा लैंगिक हिंसाजन्य अभिव्यक्ति दिएका थिए ।

1.56K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक बचाउ महाअभियानको टोलीसँग भेटघाट र कुराकानी गरेकी छन् । उक्त अभियानका संस्थापक दुर्गा प्रसाईंसहितको टोली भेटवार्ताका लागि सिंहदरबार गएको थियो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी थिए । प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरे । उनले प्रधानमन्त्रीका विषयमा आफूले दिएका अभिव्यक्तिलाई लिएर माफीसमेत मागेको कार्कीको सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘प्रसाईँले उपहार प्रदान गर्दै भन्नुभयो, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु । माफी माग्छु । तपाईँ माता हो, दुर्गा हो । दुर्गाको रूप धारण गरेर काम गर्नुहोस् । तपाईँको साथमा हामी छौँ । यो सरकारको पक्षमा हामी हुन्छौँ । सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ ।

प्रसाईँले केही दिनअघि सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री कार्कीका विषयमा लैंगिक हिंसाजन्य अभिव्यक्ति दिएका थिए ।

आजको वार्तामा प्रसाईँले आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद दिए । शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको प्रशंसा गरेको सचिवालयले जनाएको छ ।

‘यसअघिका सरकारहरू हाम्रा माग सुन्नै चाहेनन् । यही कारण दुर्घटना भयो । कमसे कम यो सरकार सुन्न तयार भयो । प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ । यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ प्रसाईँको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले आफूहरू पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाउनुभएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उनले टिप्पणी गरिन् ।

प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने समझदारी भएको सचिवालयले जनाएको छ ।

 

IME
khanepani