काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

खानेपानी मन्त्रालयमा सचिवमा रामआधार साहको सरुवासँगै खानेपानीका भ्रष्टहरुको शुरु भयो रुवाबासी

केयुकेएलबाट पिआईडिमा प्राविधिक उपअयोजना निर्देशक पठाउने कुरामा पनि उपाध्याय र श्रेष्ठले चलखेल गरेको समाचार स्रोतको दावी छ । दरबन्दी नभएका आफ्ना हनुमानहरुलाई पिआईडिमा ल्याउने र व्यापक आर्थिक चलखेल गर्ने उपाध्यायको डिजाइनमा श्रेष्ठ मोहित भएको समाचार छ ।

8.46K
shares
khanepani bord

काठमाडौं । मन्त्री महेन्द्र राय यादव हुदै प्रदिप यादबसम्म आइपुग्दा भ्रष्टाचार र अनियमितताले थिलथिलो बनेको खानेपानी मन्त्रालयको सचिवमा रामआधार साह पुनः सरुवा भएर आएपछि पेलिएका र समय नपुग्दै सरुवा भएका कर्मचारीहरुले रहात पाउने विश्वास राखेका छन ।

खानेपानी विभागको महानिर्देशक र काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वय निर्देशनालयका कर्मचारीहरु पछिल्लो समयमा बढी पेलानमा परेको गुनासो आउन थालेका छन । खानेपानी विभागमा महानिर्देशक भएर कमलराज श्रेष्ठ गएपछि त्यहाँ खासगरि पिडिआरका कामहरु एमाले निकट ठेकेदारले गदै आएको र एडभान्सलिएर ठेक्का सम्झौता गरिएको आरोप श्रेष्ठलाई लागेको छ । उनी मन्त्री प्रदिप यादवले महानिर्देशकबाट हटाईएका र पुनः यादवकै समयमा पुनः महानिर्देशक भएका हुन । उनी आर्थिक र राजनितिक चलेखेलमा काविल प्राविधिक सहसचिव हुन । उनी आफुभन्दा जुनियरलाई समते प्रतिशोध लिन महिर देखिएका छन ।

सचिव साह निडर, काम कर्तव्य प्रति बफादार र परिमाणमुखि भएका कारण सुधार हुने कुरामा कर्मचारीहरु बढी आशाबादी देखिएका छन । कमलराज श्रेष्ठ र लक्ष्मीप्रसाद उपाध्यायलाई तत्काल हटाएर सुधार गर्न प्रधानमन्त्री शुशिला कार्कीको निर्देशन आजैदेखि लागू हुन शुरु हुने संकेत देखिएको छ ।

कमलराज श्रेष्ठ काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का संचालक समिति सदस्य पनि हुन । केयुकेएलको ठेक्का, आयोजनाको ठेक्का, कर्मचारीहरुको सरुवा र पदस्थापनामा समेत श्रेष्ठले पहुँच राख्दै आएका छन । उनले खासगरि केयुकेएलका केहि कर्मचारीहरुको सहयोगमा मननपरेका कर्मचारीहरुलाई पेल्ने र आयोजनाका ठेक्कामा चलखेल गर्ने गरेको समाचार स्रोतको दावी छ । विभागका डिपिआरका काम वापतको रोयल्टी समेत श्रेष्ठले उपमहानिर्देशकहरुलाई छल्दै आफै बुझ्दै आएको आरोप लागेको छ ।

त्यसैगरि आयोजनाका प्रमुख लक्ष्मीप्रसाद उपाध्याय, कमलराज श्रेष्ठ र पूर्व खानेपानी मन्त्रालयका प्रशासनका सहसचिवले अनामनगरको होटलहरुमा बसेर योजना बनाउदै कर्मचारीहरुसँग पैसा उठाउने र ठेकेदारका समानहरुमा चलखेल गर्ने गरेको समाचार समेत प्राप्त भएका छन ।

केयुकेएलबाट पिआईडिमा प्राविधिक उपअयोजना निर्देशक पठाउने कुरामा पनि उपाध्याय र श्रेष्ठले चलखेल गरेको समाचार स्रोतको दावी छ । दरबन्दी नभएका आफ्ना हनुमानहरुलाई पिआईडिमा ल्याउने र व्यापक आर्थिक चलखेल गर्ने उपाध्यायको डिजाइनमा श्रेष्ठ मोहित भएको समाचार छ ।

पिआईडिमा गजडी र सुन्दरी नाईके विकेश जस्ता सिडिईहरुलाई अस्वभाविक चलखेल गर्न दिएर करोडौ आर्थिक चलखेल गर्ने गरेको समाचार रहेका छन । पिआइडीमा रहेका परामर्शदाताहरुको मासिक तलबबाट समेत पिडिले करोडको हाराहारीमा मासिक आर्थिक लाभ लिने गरेको तथ्य खुलेको छ ।

परामर्शदाताले लिने मासिक तलबमा २५ देखि ४० प्रतिशत पिडिलाई दिनु पर्ने पुरानो चलन भएको एक परामर्शदाताले बताएका छन । उनीहरुको तलव विदेशी र नेपालीहरुको फरक फरक हुने गरेको छ । नेपालीहरुले मासिक ३ लाख देखि १५ लाख समेत लिने गर्दछन भने, विदेशीहरुले १० लाख देखि ३० लाखसम्म लिने गरेको समाचार स्रोतको दावी छ ।

कन्सल्याण्डमा आफ्ना मानिसहरुलाई जागिर खुवाउने, गाडिहरु दुरुपयोग गर्ने यी काम त पिआईडीका पिडीका लागि सामान्य जस्तै हुन । अझ पिआईडिका पिडी उपाध्यायले त अख्तियारमा समेत पहुँच भएको भन्दै मुद्धाको समते ठेक्का लिदै आएका छन । एमालेका नेता विष्णु रिमालका खास मानिस पिडी उपाध्यायले टिका चौधरीले अनेक दुःख गरेर गरेको करिव १२ अर्बको बाहिरी चक्रपथको ठेक्का पुरा नहुदै तत्कालीन मन्त्रीलाई मोटो रकम दिएर पिआईडिमा पदस्थापना भएका हुन । उपाध्यायले यो ठेक्कामा सम्झौता हस्ताक्षर हुदाँ मोटो रकम हात लाग्ने सपना देखेको आरोप लाग्दै आएको छ । यो ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ ।

यो ठेक्काको प्राविधिक र आर्थिक प्रस्ताबको मुल्याकनभई सहमतिका लागि एशियाली विकास बैकमा पठाइएको छ । अर्को परामर्शदाताको ६५ करोडको ठेक्का सम्झौताभई कार्यभार शुरु भई सकेको छ । यसमा मन्त्री यादवले २ करोड बुझेको र पिडिले २ करोड बुझेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । समाचर लुकाईदिन कान्तिपुर, अनलाइन खबर, नयाँ पत्रिकाका समाचारदातालाई आर्थिक प्रलोभन देखाईएको छ । नेपाली जनतालाई समेत यो प्रयास पटक पटक भएको छ ।

सचिव साह निडर, काम कर्तव्य प्रति बफादार र परिमाणमुखि भएका कारण सुधार हुने कुरामा कर्मचारीहरु बढी आशाबादी देखिएका छन । कमलराज श्रेष्ठ र लक्ष्मीप्रसाद उपाध्यायलाई तत्काल हटाएर सुधार गर्न प्रधानमन्त्री शुशिला कार्कीको निर्देशन आजैदेखि लागू हुन शुरु हुने संकेत देखिएको छ ।

IME
khanepani