वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई भेटेरै मागे राजीनामा

निवेदनमा बालेन शाह, बारबरा फाउन्डेसन, हामी नेपाल, सुदन गुरुङ, ‘रुटिन अफ नेपाल बन्द’ लगायतका समूह वा व्यक्तिले भीडलाई दिशानिर्देश गर्ने, गलत सूचना फैलाउने तथा वातावरण अस्थिर पार्ने गतिविधि गरेको प्रारम्भिक प्रमाण देखिएको दाबी गरिएको छ ।

1.48K
shares
khanepani bord

काठमाडौं । गत भदौ २३–२४ मा जेन-जी आन्दोलनका गतिविधिबारे निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै अनेरास्ववियुका पूर्व नेता सञ्जीव धिताल र धर्मराज तिमिल्सीनाले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई भेटेर उनको राजीनामा मागेका छन् ।

आयोगका अध्यक्ष कार्कीलाई बुझाइएको पत्रमा भदौ २३–२४ का घटनामा भएको हिंसा, भीड–उन्माद, आगजनी, लुटपाट, तोडफोड, प्रहरीमाथिको आक्रमण र नागरिकमाथि भएको अत्याचारले राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा गम्भीर चुनौती उत्पन्न भएको उल्लेख छ ।

उनीहरूले घटना आकस्मिक नभई पूर्वयोजनाबद्ध र डिजिटल रूपमा भड्काइएका हुनसक्ने दाबी गर्दै सामाजिक सञ्जालमा सक्रिय व्यक्ति तथा समूह, विदेशी प्रभाव, सम्भावित वित्तीय स्रोत, तथा आन्दोलनका ‘डिजाइनर’ को डिजिटल–फोरेन्सिक छानबिन माग गरेका छन् ।

निवेदनमा बालेन शाह, बारबरा फाउन्डेसन, हामी नेपाल, सुदन गुरुङ, ‘रुटिन अफ नेपाल बन्द’ लगायतका समूह वा व्यक्तिले भीडलाई दिशानिर्देश गर्ने, गलत सूचना फैलाउने तथा वातावरण अस्थिर पार्ने गतिविधि गरेको प्रारम्भिक प्रमाण देखिएको दाबी गरिएको छ ।

धिताल र तिमिल्सिनाले सुरक्षा निकायको समन्वय अभाव, भीड नियन्त्रणमा कमजोरी, निर्देशन प्रणालीको विफलता जस्ता प्रश्नको गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन् । साथै विदेशी तत्वको सम्भावित संलग्नताको तटस्थ छानबिन गर्न पनि आग्रह गरिएको छ ।

निवेदनमा ‘देश जलाउने हात मात्र होइन, देश जलाउने ‘ब्रेन’ सम्म छानबिन होस्’ भन्दै दर्जनौं बुँदामा माग राखिएको छ, जसमा तथ्य–आधारित, वैज्ञानिक र निष्पक्ष अनुसन्धान, सामाजिक सञ्जालमा भिड उक्साउने आइडी, पेज, ह्यान्डलको पूर्ण डिजिटल–फोरेन्सिक, आन्दोलनका रणनीतिक संयोजक र उक्साहटकर्ताको पहिचान, नागरिक र प्रहरी हत्या, आगजनी, लुटपाटमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन र सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

उनीहरुले आयोगका अध्यक्ष कार्की स्वयंले विगतमा पदको मर्यादाविपरीत अभिव्यक्ति र हिंसा उक्साउने टिप्पणी गरेको अभिलेख रहेको भन्दै, यस्तो पृष्ठभूमिमा उनको नेतृत्वमा हुने छानबिन निष्पक्ष हुन नसक्ने भन्दै आयोगप्रतिको जनविश्वास जोगाउन कार्कीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरिएको छ ।

IME
khanepani