वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

सरकार-जेनजी सम्झौतामा के छ ? (पूर्णपाठ)

1.33K
shares
khanepani bord

काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता हुन लागेको हो ।

सम्झौतामा जेनजीले भदौ २३ र २४ गते गरेको गतिविधिलाई राजनीतिक–सामाजिक आन्दोलनको संज्ञा दिइएको छ । जेनजी आन्दोलनको मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न जेन–जी परिषद् गठन गरिने सम्झौतापत्रमा भनिएको छ ।

‘नेपाली जनताको सुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच यो सम्झौता सम्पन्न गरिएको छ,’ सम्झौतापत्रमा भनिएको छ, ‘सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।’

यस्तो छ- सम्झौताको पूर्णपाठ




IME
khanepani