सचिव साह विरुद्ध मिडिया ट्रायल शुरु, भ्रष्टाचारीलाई जिम्मेवारी मुक्त गर्न सचिवलाई जेनजीको दवाव
भ्रष्टाचारलाई संस्थागत गराउने र मत्ता हात्ती झै देखिएका खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ र आयोजना निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्यायहरुको समुह सचिव साह विरुद्ध विगतमा पनि संगठीतरुपमा लागेका र अहिले पनि त्यो प्रयासमा रहेको समाचार स्रोतले दावी गरेको छ ।
वि.सं.२०८२ मंसिर २५ बिहीवार ११:१७
shares

काठमाडौँ । खानेपानी मन्त्रालयमा सचिव रामआधार साह सरुवा भएर आउँदा नआउदै खानेपानीका स्थायी अनियमितता र भ्रष्टाचारका शिरोमणीहरु सरुवा हुने त्रासले अतालिन थालेका छन । उनीहरु निर्बतमान मन्त्री प्रदिप यावदलाई मोटो रकम बुझाएर भ्रष्टाचार हुने अड्डाका प्रमुख भएका थिए । तिनै भ्रष्टाचारी र अनियमित काम गरेर आर्थिक आर्जन गर्न तल्लीन कर्मचारीहरु सचिव साह विरुद्ध मिडिया ट्रायलमा लागेको सूचना प्राप्त भएको छ ।
राम्रो नियतले सरकारलाई फाइदा पुग्ने गरि गरिएका कामलाई गलग ढंगले व्याख्या गरि सचिव साह विरुद्ध मोर्चा बन्दी शुरु गरेका छन । राजधानीमा हुदाँ हुदै कार्यव्यस्तता देखाएर सचिवको बहालीमा नआउने सहसचिवहरुले हिजो साँझ केहि पत्रकारहरुलाई बोलाएर समाचार लेख्ने सर्तमा दारु पार्टी दिएको एक दैनिक पत्रिकाका समाचारदाताले खुलासा गरेका छन ।
मन्त्रीको ल्याप्चेछाप सचिव प्रमिला बज्राचार्य शाक्यले गिराएको कर्मचारीहरुको मनोबन उक्सने आशा र भरोसा सचिव साहसँग भएको खानेपानी मन्त्रालयका एक सहसचिवले बताएका छन । विगत १५ महिनाभन्दा बढी कर्मचारीहरुले आमा चकारी गालि खानु परेको तितो कर्मचारीहरुले अनुभव गर्नु परेको पनि ती सहसचिवको दुखेसो रहेको थियो ।
भ्रष्टाचारलाई संस्थागत गराउने र मत्ता हात्ती झै देखिएका खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ र आयोजना निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्यायहरुको समुह सचिव साह विरुद्ध विगतमा पनि संगठीतरुपमा लागेका र अहिले पनि त्यो प्रयासमा रहेको समाचार स्रोतले दावी गरेको छ ।
उनीहरुले आफु निकटका केहि दलिय पत्रकारहरुलाई सचिव साह विरुद्ध समाचार लेखाउनकै लागि खानेपानी विभागका कार्यालय, विभाग मातहतका आयोजना र मेलम्ची विकास समिति र आयोजना कार्यान्वयन निर्देशनालय(पिआईडि) का कर्मचारीहरुसँग पैसा संकलन शुरु गरिएको पनि समाचार स्रोतले दावी गरेको छ ।
पिआईडीका पिडी उपाध्याय ठेक्काको पैसा व्यवस्थापनका लागि सुटुक्क राजधानी बाहिर गएको र हिजो अर्थात बुधबार सचिव पदवहालीमा उनी नदेखिएको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ । सचिव साह विरुद्ध समाचार लेखाउने काममा पिआईडीका सिडिई विकेश, मधु, प्रभात समेत परिचालन भएका छन । कमलराज श्रेष्ठ र उपाध्यायका नीजी ठेकेदार सहदेब खड्काले आर्थिक संयोजनाको भुमिका पनि निभाउने गरेको समाचार स्रोतले दावी गरेको छ ।
सचिव साहले काम थान्ननै नपाइकन उनी विरुद्ध मिडियाबाजी हुन खानेपानी मन्त्रालयका पिडित कर्मचारी विरुद्धकै मिडियाबाजीका रुपमा लिएको खानेपानी मातहतका कर्मचारीहरुले लिएको बताएका छन । मन्त्री साहले खानेपानी मन्त्रालयमा हुदाँ पनि सुधारका संकेतहरु देखाएका थिए । त्यो सूधार तत्कालीन मन्त्री र अन्य भ्रष्ट कर्मचारीहरुलाई मन नपरेका कारण मोर्चा बन्दी गर्न पुगेको देखिएको छ । उनले सर्तकता केन्द्रमा हुदाँ समेत अनियमितरुपमा मन्त्रीका आसेपासेको विदेश भ्रमण र अनियमित सवारी साधानको दुरुपयोग रोक्ने प्रयास गरेका उदाहरणहरु धेरै रहेका छन ।
सचिव साहले चलखेल गर्ने सहसचिवहरुलाई तत्काल जिम्मेवारीबाट हटाएर कामकाजी सहसचिवहरुलाई जिम्मेवारीमा लगिहाल्नु पर्ने दवाव पनि कर्मचारीहरुको तहबाट उठ्न थालेको छ । यसका लागि प्रशासनमा काविल सहसचिव रुद्धप्रसाद पण्डितलाई साथमा लिएर काम अगाडि बढाउन पनि जिम्मेवार कर्मचारीहरु र जेनजीका अगुवाहरुले सचिव साहलाई अनुरोध गरिरहेको समाचार स्रोतको बताएको छ ।
























