काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

पिआईडीका पिडि र विभागका महानिर्देशकले किन भेटे अख्तियारका आयुक्त र ठाउँ फेरी फेरी पत्रकार

उपाध्याय आयोजनामा र कमलराज श्रेष्ठ मन्त्रालयकै योजना महाशाखामा सरुवा भएका हुन । श्रेष्ठपछि मन्त्रीसँग थप साँठगाँठ मिलाएर खानेपानी विभागको महानिर्देशक हुन सफल भएका हुन ।

7.42K
shares
khanepani bord

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता गर्ने कलामा निपुर्ण देखिएका लक्ष्मीप्रसाद उपाध्याय तनावमा देखिएका छन ।

आफु मातहतका कर्मचारीहरुलाई अख्तियारको पूर्व पहुँच देखाएर कर्मचारीहरुलाई तर्साउने कर्म गदै आएका उपाध्याय ओली सरकार ढलेपछि हल्का अतालिएका थिए । एमाले भन्दा अरुलाई मानिस नगन्ने र अनलाईनखवर र कान्तिपुर भन्दा अरुलाई पत्रिका र पत्रकार नै नमान्ने उपाध्याय खानेपानी सचिवबाट प्रमिला बज्रचार्य शाक्यको सरुवा भएपछि मुर्छित नै हुन पुगेका छन ।

साना तह र अन्य निकायका कर्मचारीहरुको समेत खटनपटन गर्ने हैसियत राख्ने उपाध्याय काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयको प्रमुख हुन । उनी आयोजनामा अख्तियारबाट सरुवा भएर आएपछि खानेपानीका सहसचिव टिका चौधरीलाई आठ महिनामै सरुवा गराएर आयोजनामा पदस्थापना भएका हुन ।

तत्कालीन मन्त्री प्रदिप यादवलाई मोटो रकमको व्यवस्थापन गरेर उपाध्याय पिआईडीमा सरुवा भएका हुन । उनले पिआईडीमा सरुवा भएर जान तत्कालीन प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमालसँग साँठगाँठ गरेका थिए । त्यतिमात्र हैन माफिया सप्लार्यस किरण बैद्य र ठेकादार सहदेव खड्काले उपाध्यायलाई आर्थिक जोहो गरिदिएका हुन ।

उपाध्याय आयोजनामा र कमलराज श्रेष्ठ मन्त्रालयकै योजना महाशाखामा सरुवा भएका हुन । श्रेष्ठपछि मन्त्रीसँग थप साँठगाँठ मिलाएर खानेपानी विभागको महानिर्देशक हुन सफल भएका हुन ।

श्रेष्ठ र उपाध्यायको सम्बन्ध निक्कै कसिलो छ । उनीहरु सानो सानो काम पनि एक आपसमा सरसल्लाहमा गर्ने गर्दछन । उपाध्यायले आयोजनाका भ्रष्ट र गजडी सिडिई बिकेश वदान्छे, अमित रञ्जितलाई काखिच्यापेर आयोजनाको दोहन गरिरहेका छन । भ्रष्ट ठेकेदार किरण बैद्यको खियाँ लागेका फिटिङ्गका सामान स्टोर दाखिलाको विषयमा साना कर्मचारीहरुसँग लफडा गरेका उपाध्यायले केयूकेएलका गजडी सामान्य प्रशासन शाखाका प्रमुख विक्रम आचार्य मार्फत बैद्यका खियाँ लागेका सामान करोडौ खाएर स्टोर दाखिला गराएको समाचार छ ।

उनले साह कन्सलटेण्डलाई ६५ करोडको परामर्शसेवाको काम दिएका छन । यसमा पनि ठुलो रकमको चलखेल भएको छ ।
खानेपानी मन्त्रालयमा काम कर्तव्य प्रति इमानदार, परिमाणको मात्र अपेक्षा राख्ने, कामको क्वालिटिमा बढी ध्यान केन्द्रित गर्ने सचिवमा रामआधार साह आएपछि खानेपानीका दुई धुन्धुकारीहरुको निद हराम भएको छ ।

“आफु नाच्न जान्दैन आँगन टेडो” देख्ने दृष्टि दोष भएका उपाध्यायले नेपाली जनतामा प्रकाशित समाचारका विषयमा शिर र पुच्छरको समेत साइनो नभएका मानिसहरुलाई दोष लगाउदै असम्बन्धीहरु माथि आक्षेप लगाउनुले पनि उनको नियत ठिक छैन भन्ने संकेत गर्दछ ।

पिआईडीको पिडि भएर केयूकेएलको कार्यक्षेत्रमा प्रबेश गरि कर्मचारीहरुको मनोवल कमजोर हुने गरि तोकेरै यो यो कर्मचारी पठाउनु भनेर लिखित तै पत्रचार गर्नुले उपाध्यायको नैतिकता माथि प्रश्न उठेको छ । उनी आफु अनुकुलका कर्मचारी राखेर अकुत धन आर्जन गर्ने सजिलो बाटो खोजिरहेको अर्थ सोझै लागेको छ ।

पिआईडीका परामर्शदाता कर्मचारीहरुको तलव, गाडि मर्मत, ठेकेदारका नक्कली सामान खरिद, अस्वाभाविक ढंगले ठेक्काको मापदण्ड परिवर्तन गर्ने, सामानको मुल्य बजारभाउ भन्दा २ सय गुना बढीको परामर्शसेवा लिने काममा उपाध्यायको टिम लागि परेको छ ।

यस्ता काला कर्तुत गर्ने मानुभावहरुलाई सालिन, इमानदार, भद्र प्राविधिक कामको दख्खल राख्ने सचिव साहको खानेपानी मन्त्रालयको इन्ट्री नपचेको उनीहरुको पछिल्लो हर्कतले समेत पुष्टि गरेको छ ।

उपाध्याय र श्रेष्ठ छटपटाउदै शक्ति केन्द्रमा धाउन मात्र हैन, अख्तियारका केहि आयुक्तसम्म पुगेको रहस्य नेपाली जनताले थाहा पाएको छ । पत्रकारहरुलाई फोन र म्यासेज गरिगरि भेट्न बोलाउने र समाचार लेखाउने काम भइरहेको तथ्य समेत फेला परेको छ ।

भेटेका पत्रकार, भेट भएका अख्तियारका आयुक्त र मिसन बनाउन बैठक स्थल होटलको समेत विवरण आवश्यक परे सार्वजनिक हुने नै छ ।

IME
khanepani