काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गरौँ : सुरेन्द्र पाण्डे

2.16K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्ने हो भने एमालेलाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरेका छन् ।

ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा एमालेभित्र केही नेताले नाम पढेर वा सूचना टाँसेर कमिटी बनाउने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए ।

पाण्डेले भने-आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबीच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेहरूलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेताहरु बाहिरिने अवस्था आउँछ । उपाध्यक्ष पाण्डेले यो महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, पुनर्गठन र संस्थागत परिपाटी विकास गर्ने बताए

IME
khanepani