काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

मनोनीत सूचीमा ईश्वर पोखरेलको असहमती,एकलौटी निर्णय भएको दाबी

1.37K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् ।

हिजो बसेको सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ ।

मनोनीत प्रतिनिधि सूचीलाई लिएर उत्पन्न विवादले एमालेभित्र नेतृत्व तहमा असन्तुष्टि चुलिएको संकेत देखिएको छ । यस विषयमा पार्टी नेतृत्वबीच थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।

IME
khanepani