काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

शुशिला कार्की प्रतिलक्षित ओलीको टिप्पणीः स्वीकार्दैनौं हिंसा र युद्धबाट भएका परिवर्तन

1.42K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने उनले प्रष्ट पारे ।

‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’

विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्दा नै आफूहरूमाथि प्रहार भएको उनको भनाइ छ । ‘विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्छौं अनि हामीमाथि प्रहार हुन्छ । संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौं, हाम्रो स्वतन्त्रताको प्रयोग, सुउपयोग हामी गर्छौं भन्छौं,’ उनले भने ।

IME
khanepani